नेपालको भीषण बाढीमा २२ जनाको मृत्यु, १०५ भारतीयसहित ४०० भन्दा बढी पर्यटक सम्पर्कविहीन
नेपाल में बाढ़ से हाइड्रोपावर को नुकसान


काठमाडौं, २६ अगस्त (हि.स.)। नेपालमा भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीका कारण हालसम्म २२ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सम्भावना व्यक्त गरिएको छ। घटनापछि १०५ भारतीयसहित ३८४ पर्यटक बेपत्ता भएका छन्। नेपाली सेना, स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन्।

बुधबार बिहान करिब साढे ८ बजी चीनको तिब्बत सीमासँग जोडिएको रसुवाको भोटेकोशी नदीमा अचानक आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको हो। बागमती प्रदेश पुलिस कार्यालयको पछिल्लो विवरणअनुसार, रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी हालसम्म २२ जनाको मृत्यु भएको छ।

विवरणअनुसार रसुवामा एक पुरुष, नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जना, धादिङमा पाँच महिला र दुई पुरुष गरी नौ जना तथा चितवनमा एक महिलाको मृत्यु भएको छ। उद्धार अभियानका क्रममा राहत तथा उद्धार टोलीले प्रभावित क्षेत्रबाट ६५ जना घाइतेलाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका १९ र धादिङका तीन जना रहेका छन्।

प्रारम्भिक जानकारीअनुसार, तिब्बततर्फ कुनै हिमताल फुटेको वा पानीको सतहमा अचानक ठूलो वृद्धि भएका कारण बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा व्यापक क्षति भएको छ। थुप्रै गाउँ, सडक तथा पुलहरू बाढीले बगाएको छ भने विभिन्न जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको बताइएको छ।

नेपाल पर्यटन बोर्ड, पर्यटक पुलिस तथा सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा उद्धारका लागि समन्वय गरिरहेका छन्।

घटनापछि हालसम्म आधिकारिक रूपमा ३८४ जना पर्यटक बेपत्ता रहेको पुष्टि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार, बेपत्तामध्ये १०५ जना भारतीय पर्यटक रहेका छन्। बोर्डले पहिचान गरेका ३८४ बेपत्तामध्ये २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक छन्।

प्रारम्भिक विवरणअनुसार, ट्रेकर्स सोसाइटीमार्फत यात्रामा गएका ९२ जना तथा सम्राट टुर एन्ड ट्राभल्समार्फत गएका ७१ जना सबैभन्दा बढी बेपत्ता भएका छन्। यसैगरी लीफ होलिडेका ५५ जना र हिमालयन ग्लेसियरका ५२ जना पर्यटकसहित विभिन्न ट्राभल एजेन्सीमार्फत यात्रा गरिरहेका अन्य व्यक्तिहरू पनि बेपत्ता छन्।

बेपत्ता विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिकहरू रहेका छन्। केही बेपत्ता पर्यटकको राष्ट्रियता भने अझै खुल्न सकेको छैन।

नेपाल पर्यटन बोर्डले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा ट्रेकिङ गाइडहरूसँग समन्वय गरी बेपत्ता व्यक्तिसम्बन्धी विवरणको प्रमाणीकरण गरिरहेको जनाएको छ। साथै प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाउने प्रयास भइरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande