चीनमा हिमपहिरोपछि नेपालका भोटेकोसी र त्रिशूली नदीमा बाढीको जोखिम कायम
नेपाल में बाढ़ का कहर


काठमाडौँ, २६ अगस्त (हि.स.)। चीनतर्फ हिमपैह्रोपछि नदीको बहाव अवरुद्ध भएर बनेको ताल पूर्ण रूपमा नखुलेका कारण नेपालका भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको छ।

नेपाल बाढी सूचना तथा राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार दिउँसो १ः३५ बजु सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

सूचनामा नदीको अवरुद्ध क्षेत्रमा पानीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको जनाइएको छ। नदी आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

यसैबीच, चीनतर्फ हिमपैह्रोपछि आएको बाढीका कारण नेपालका रसुवा, नुवाकोट र धादिङ जिल्लामा व्यापक क्षति पुगेको छ। नदीमा अचानक पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका नागरिकलाई निरन्तर सतर्क रहन तथा प्रशासनबाट जारी गरिने आधिकारिक सूचनाको पालना गर्न आग्रह गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande