पुलिसको कब्जाबाट प्रदर्शनकारीलाई रिहा गराएको आरोप, चोपड़ामा अन्नपूर्ण योजनाको राशिलाई लिएर सड़क जाम
पुलिसको कब्जाबाट प्रदर्शनकारीलाई रिहा गराएको आरोप, चोपड़ामा अन्नपूर्ण योजनाको राशिलाई लिएर सड़क जाम


उत्तर दिनाजपुर, 26 अगस्त (हि.स.)। अन्नपूर्ण योजनाको राशि पछिल्लो लामो समयदेखिको ब्याङ्क खातामा नआएको आरोप लगाउँदै गए मङ्गलवार अपरान्ह चोपड़ाको दासपाड़ा क्षेत्रमा 100 भन्दा अधिक महिलाहरूले सड़क जाम गरेर प्रदर्शन गरे। प्रदर्शन अवधि पुलिसद्वारा एकजना पुरूष प्रदर्शनकारीलाई हिरासतमा लिइएपछि स्थिति झन् तनाउपूर्ण भयो। आरोप छ, प्रदर्शनकारीहरूले पुलिस भ्यानलाई घेरेर हिरासतमा लिएको व्यक्तिलाई पुलिसको कब्जाबाट रिहा गराए।

प्रदर्शनकारी महिलाहरूले दासपाड़ा ग्राम पञ्चायत कार्यालय अगाड़ि राज्य सड़कमा बसेर अन्नपूर्ण योजनाको थाँतीमा रहेको राशिलाई भुक्तान गर्नुपर्ने माग गरे। महिलाहरूले आरोप लगाए, पछिल्लो तीन महिनाभन्दा अधिक समयदेखिको उनीहरूको ब्याङ्क खातामा योजनाको राशि आएको छैन। आवश्यक दस्तावेज सही भए पनि उनीहरूलाई योजनाको लाभदेखि वञ्चित गरिँदैछ।

प्रदर्शनको सूचना पाएर चोपड़ा थानाको दासपाड़ा चौकीबाट पुलिस बल घटनास्थलमा पुग्यो अनि प्रदर्शनकारीहरूसित बातचित गरी सड़क जामलाई हटाउने प्रयास गऱ्यो। यसै अवधि भीड़मा उपस्थित एकजना पुलिस प्रदर्शनकारीलाई पुलिसले हिरासतमा लियो अनि उसलाई पुलिस भ्यानमा राख्ने प्रयास गऱ्यो।

पुलिसको यस कारबाहीपछि प्रदर्शनकारीहरू भड़्किए। आरोप छ, उक्त व्यक्तिलाई पुलिस भ्यानमा लाँदै गरेको देखेर प्रदर्शनकारीहरूले भ्यानलाई घेराउ गरे। पुलिसले विरोध गरे पनि घटनास्थलमा उपस्थित मानिसहरूले कथित रूपमा हिरासतमा लिइएको व्यक्तिलाई पुलिसको भ्यानबाट बाहिर निकाले।

प्रदर्शनकारी महिलाहरूको भनाइ छ, अन्नपूर्ण योजनाको राशिको लागि कैयौं पटक पञ्चायत र सम्बन्धित विभागीय कार्यालयहरूमा कैयौं पटक धाइसकेको भए पनि उनीहरूलाई सन्तोषजनक जवाफ दिइएन। लामो समयदेखिको राशि नपाइएको कारणले उनीहरूलाई आर्थिक सङ्कटको सामना गर्न परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande