मानसरोवर यात्रामा गएका दुर्गापुरका दम्पत्ति बाढ़ीमा बेपत्ता
मानसरोवर यात्रामा गएका दुर्गापुरका दम्पत्ति बाढ़ीमा बेपत्ता


पश्चिम बर्दवान, 27 अगस्त (हि.स.)। मानसरोवर दर्शनको लागि नेपालको बाटो यात्रामा हिँड़ेका दुर्गापुरको बामुनाड़ा निवासी अरिन्दम र मौसमी गङ्गोपाध्याय बेपत्ता भएको खबर छ। परिवार अनि छिमेकीहरूले बताए मुताविक नेपालमा अचानक आएको बाढ़ीपछि दुवैसित सम्पर्क हुन सकिरहेको छैन। कैयौं पटक फोन गरियो, तर उनीहरूको कुनै पत्तो लाग्न सकेको छैन।

परिवारजन अनुसार गए बुधवार राती पुलिसले गङ्गोपाध्याय परिवारको घरमा गएर परिवारका सदस्यहरू अनि छिमेकीहरूसित बातचित गऱ्यो। पुलिसले भन्यो, यदि कुनै पनि प्रकारले दम्पत्तिसित सम्पर्क भयो भने तत्काल पुलिसलाई जानकारी गराइयोस्।

छिमेकी गौतम अधिकारीले बताए, मौसमी र अरिन्दम एक ट्राभल एजेन्सीको माध्यमबाट नेपाल हुँदै मानसरोवर जानका लागि हिँड़ेका थिए। लगभग दुई दिनअघि उनीहरूसित फोनमा बातचित भएको थियो। तर बुधवार आएको आपदापछि उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरियो, तर फोनमा कुनै सम्पर्क हुन सकेन।

यसरी नैतारकेश्वर निवासी स्नेहाशिष दत्त पनि नेपालमा फसेको बताइएको छ। उनी 32 जना मानिसहरूको एक पर्यटक दलसित मानसरोवर यात्रामा गएका थिए। यो दल गत 21 अगस्तको दिन प्रस्थान भएको थियो भने 22 अगस्तमा काठमाण्डौं पुगेको थियो। त्यसपछि नेपालको बाटो चीनमा प्रवेश गरी मानसरोवर जाने योजना थियो।

स्नेहाशिषको परिवार अनुसार गए बुधवार फोनमा उनीसित बातचित भएको थियो। त्यसै समय उनले बताएका थिए, उनी नेपाल-चीन सीमामा छन्। तर अचानक आएको बाढ़ीपछि उनीसित सम्पर्क हुन सकेको छैन।

भनिन्छ, स्नेहाशिषको दलका अन्य 30 जना सदस्यहरू कोलकाताका हुन् भने एकजना सदस्य टूर म्यानेजर जयन्त सन्याल पनि हुन्। बुधवार बिहान अचानक आएको बाढ़ीले नेपालको रसुवा र नुवाकोट जिल्लाका केही भागहरूमा व्यापक क्षति पुऱ्याएको छ। नेपाल पुलिसानुसार बिहीवार बिहानसम्ममा 162 वटा शवहरू उद्धार गरिसकिएको छ भने अहिले पनि बेपत्ता हुनीहरू धेरै छन्। बेपत्ता हुनेहरूको सङ्ख्या लगभग 598 रहेको बताइएको छ जसमा न्यूनतम पनि 133 जना भारतीय नागरिक रहेको जानकारी सरकारी सूत्रले दिएको छ।

पश्चिम बङ्गाल सरकारले नेपालमा फसेका मानिसहरू तथा उनीहरूका परिवारजनको सहयोगको लागि हेल्पलाइन नम्बर- 033-2479 3311 र 9147890181। जारी गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande