नेपालमा फसेका छत्तीसगढ़का नागरिकहरूको सहायताको लागि हेल्पलाइन नम्बर जारी
नेपाल जलप्रलयको दृश्य


रायपुर, 26 अगस्त (हि.स.)। नेपालमा बाढ़ी एवं पैह्रोको कारणले फसेका छत्तीसगढ़का नागरिकहरूको सहायताको लागि राज्य सरकारले हेल्पलाइन नम्बर जारी गरेको छ। मुख्यमन्त्री विष्णुदेव सायको निर्देशमा फसेका नागरिकहरूलाई सुरक्षित फर्काउन अनि आवश्यक सहायता सुनिश्चित गर्नको लागि प्रशासनले सक्रिय रूपमा काम गरिरहेको छ।

राज्य सरकारद्वारा जारी जानकारी अनुसार प्रदेशका नागरिक अथवा उनीहरूका परिवारजनले सहायता एवं आवश्यक जानकारीको लागि आपदा प्रबन्धन हेल्पलाइन 1070 तथा दूरभाष +91-771-2223471 मा सम्पर्क गर्न सक्नेछन्।

मुख्यमन्त्री विष्णु देव सायले बितेको अबेर राती भने, सङ्कटको यस घड़ीमा राज्य सरकार आफ्ना प्रत्येक नागरकको साथमा छ। उनले भने, नेपालमा फसेकका नागरिकहरूलाई सुरक्षित फर्काउन साथै उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनको लागि सरकारले पूर्ण तत्परताको साथमा काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande