
मेदिनीपुर, 27 अगस्त (हि.स.)। खड़गपुर शहरमा लगातार भइरहेका चोरीका घटनाहरूको पुलिसले खुलासा गर्दै एउटा गिरोहको भण्डाफोर गरेको छ। यस मामिलामा तीन जना मानिसहरूलाई पक्राउ गरिएको छ जसमध्ये एकजना आरोपीको पहिचान सुरज कहरको रूपमा भएको छ भने अन्य दुई जना नाबालिकहरू रहेको बताइएको छ।
पश्चिम मेदिनीपुर जिल्लाकी पुलिस अधीक्षक पापिया सुल्तानाले गए बुधवार अबेर साँझ मेदिनीपुरमा आयोजित पत्रकार सम्मेलनमा बताइन्, पक्रा पर्ने आरोपीहरू खड़गपुर शहरमा भएको थुताईका घटनाहरूमा सामेल थिए। उनले बताइन्, पछिल्लो मईमा दुई पटक, जुलाईमा दुई पटक तथा अगस्तमा दुई पटक यस्ता घटनाहरू भएका थिए।
पुलिस अनुसार सेरसा स्टेडियम, अतुलमणि स्कूल, सङ्घश्री क्लब, न्यू ट्राफिक औ साई बाबा मन्दिर सहित शहरका विभिन्न स्थानहरूमा यस्ता थुत्ने घटनाहरू भएका थिए।
पुलिस अधीक्षकले बताइन्, थुतेका 6 वटा सुनको हारमध्ये 2 वटा सुन पसलबाट जफत गरिएको छ भने अन्य हार आरोपीहरूबाट जफत गरिएको छ। मामिलामा सुन पसलेलाई पनि पक्राउ गरिएको छ।
पुलिस अधीक्षक पापिया सुल्तानाले भनिन्, कुनै पनि अपराधी मानिसहरूलाई नोक्सान पुऱ्याएर बच्न सक्दैन। अपराधीहरूलाई मद्दत गर्नेहरूविरूद्ध पनि पुलिसले कारबाही गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा