मणिपुरमा ड्रग्स जफत, केही उग्रवादी पक्राउ
मणिपुरमा ड्रग्स जफत, केही उग्रवादी पक्राउ


इम्फाल, 27 अगस्त (हि.स.)। मणिपुरमा सुरक्षा बलहरू एवं पुलिसले बितेको 24 घण्टामा परिचालित विभिन्न अभियानहरूमा संदिग्ध ब्राउन शुगरको ठूलो खेपलाई जफत गर्नको साथै प्रतिबन्धित उग्रवादी सङ्गठनहरूका केही सक्रिय क्याडरहरलाई पक्राउ गरे।

पुलिसले आज बतायो, टी खुलेन नाका चेक पोस्टमा सेनापति पुलिस, सीआरपीएफ, क्यूएटी औ असम राइफल्सको संयुक्त टीमले 23 वर्षीय मोहम्मद सफिकुर रहमानलाई पक्राउ गऱ्यो जसको कब्जाबाट 27 वटा साबुनदानीमा राखिएको लगभग 360 ग्राम संदिग्ध ब्राउन शुगर अन एउटा वाहनलाई पनि जफत गरियो।

यता मोटबुङ्गको खोरेंन ताम्पकमा स़ञ्चालित संयुक्त मादक पदार्थ विरोधी अभियानमा इम्फाल पूर्व जिल्ला पुलिस, एएनटीएफ, सीआरपीए और काङ्गपोकपी जिल्ला पुलिसले 32 वर्षीय पाओचा किपगेनलाई पक्राउ गऱ्यो भने उबाट लगभग 2.35 किलोग्राम संदिग्ध ब्राउन शुगर, एउटा डिजल अटो र मोबाइल फोन जफत गरियो।

अलग-अलग अभियानहरूमा केसीपी (पीडब्ल्यूजी), आरपीएफ/पीएलए एवं सोरेपासित आवद्ध केही सक्रिय क्याडरहरूलाई पनि पक्राउ गरियो। यी क्याडरहरूमा अरिबाम शिवाश्वर शर्मा उपनाम मेलो, निङ्गोम्बम पुनशिबा सिंह उपनाम नानाओ/सेलुङ्गबा, सङ्गलेनमायुम सञ्जीत सिंह उपनाम मणि औ लैहाओरुङ्गबम सनातोम्बा सिंह उपनाम अशोक/तयाई सामेल छन्।

असम राइफल्सले यूकेएनएका क्याडर सतङ्गम डुङ्गेललाई पक्राउ गरी चुराचाँदपुर पुलिसलाई सुम्पिदियो जसको कब्जाबाट 9 एमएम पिस्तोल, पाँच वटा कारतूस र एउटा म्यागजिन जफत गरियो।

फायेङ्ग अपुन लोक नदीको किनारमा भएको खोजी अभियानमा सुरक्षा बलहरूले एउटा सीएमजी, एउटा संशोधित .303 राइफल, विभिन्न क्यालिबरका सात वटा पिस्तोल, पाँच वटा सिङ्गल ब्यारल बन्दुक, एउटा डबल ब्यारल बन्दूुक र दुई वटा ह्याण्ड ग्रेनेड जफत गरियो।

यसअघि मोइराङ्ग पुलिस र सीडीओ विष्णुपुरको टीमले केसीपी (पीडब्ल्यूजी)- केा कथित असुलीकर्ता सामोम माइकल सिंह उपनाम अचौबा मैतेईलाई पक्राउ गरेको थियो। सबै मामिलामा अग्रिम कानूनी कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande