नोएडामा 17औं तलाबाट झरेर एघार वर्षीय बालकको मृत्यु
नोएडामा 17औं तलाबाट झरेर एघार वर्षीय बालकको मृत्यु


नोएडा, 27 अगस्त (हि.स.)। उत्तर प्रदेशमा जिल्ला गाैतमबुद्ध नगर नाेएडाको सेक्टर-78 स्थित हाइड पार्क सोसाइटीमा 17औं तलाबाट झरेर एकजना एघार वर्षीय बालकको मृत्यु भयो। घटना हुँदा उक्त बालकले फ्ल्याटको बालकनीबाट तल चिहाइरहेको थियो। सन्तुलन बिग्रिएको कारणले उ तल झऱ्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

पुलिस मुताविक सोसाइटीको आर टावरमा फ्ल्याट नम्बर-1703 मा रोहित सिङ्ग्ला परिवारसित बस्छन्। उनी एउटा निजी कम्पनीमा कार्यरत् छन्। उनको छोरा आरव (11) गए बुधवार साँझ फ्ल्याटको बालकनीमा उभिएको थियो। यहाँबाट उसले सोसाइटीमा बस्ने अन्य साथीहरू तल खेलरहेको देख्यो। साथीहरूलाई तल देखेर उ तिनीहरूसत बातचित गर्न थाल्यो। यसबीच उसको सन्तुलन बिग्रियो अनि तल झऱ्यो। सोसाइटीमा घुमिरहेका मानिसहरूले घटना घटेको देखेर चिच्याए अन गार्डको सहयोगले घाइतेलाई नजकैको अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरदिए।

बालकको मृत्युपछि परिवारको रोएर बेहाल भएको छ भने सोसाइटीका मानिसहरूमा गहिरो शोक छाएको छ। यस घटनाले एकपटक फेरि बहुतले भवनहरूमा बस्ने मानिसहरूमा बाल-बालिकाको सुरक्षालाई लिएर प्रश्न उठाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande