
कोलकाता, 27 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा मौसमको स्वरूप फेरि एकपटक परिवर्तन भएको छ। भारतीय मौसम विज्ञान विभाग औ क्षेत्रीय मौसम केन्द्र अनुसार बिहीवार राज्यका अलग-अलग भागहरूमा मौसमको प्रभाव पनि भिन्न-भिन्न देख्न पाइनेछ। उत्तर बङ्गालका पार्वतीय एवं सीमावर्ती जिल्लाहरूमा घना वर्षा हुने चेताउनी जारी गरिएको छ भने दक्षिण बङ्गालमा बादल लाग्नको साथै आद्रता अनि मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
राज्यमा आज अधिकतम तापमान 33-34 डिग्री सेल्सियस औ न्यूनतम तापमान 27-28 डिग्री सेल्सियसबीच रहने अनुमान छ। आद्रता 78-85 प्रतिशत रहेको कारणले दक्षिण बङ्गालका केही जिल्लाहरूमा आद्रतापूर्ण गर्मीले मानिसहरूलाई समस्या हुनसक्छ।
उत्तर बङ्गालमा मनसुनको सक्रियता कायम छ। नेपाल र भुटानको सीमा संलग्न क्षेत्रहरूमा वर्षाको प्रभाव अधिक रहने सम्भावना छ। अलिपुर र जलपाईगुड़ीमा अत्यन्त घना वर्षा हुने आशङ्कालाी मध्यनजर गर्दै मौसम विभागले चेताउनी जारी गरेको छ। यी जिल्लाहरूमा 7-20 सेन्टीमीटरसम्म वर्षा हुनसक्छ। दार्जीलिङ, कालेबुङ, सिलगढ़ी, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर एवं मालदामा तीव्र हावा र वज्रपातसितै पानी पर्ने सम्भावना छ।
पहाड़ी क्षेत्रहरूमा लगातार पानी परिरहेकोले पैह्रो जाने आशङ्का छ भने तल्लो क्षेत्रमा जलभराउको स्थिति उत्पन्न हुनसक्छ। प्रशासनलाई सतर्क रहनको साथै मानिसहरूलाई मौसमको स्थितिमाथि नजर राख्ने सल्लाह दिइएको छ।
दक्षिण बङ्गालमा कोलकाता समेत हावड़ा, हुगली, उत्तर 24 परगना र दक्षिण 24 परगनामा आंशिक रूपमा बादल लागिरहनेछ। अपरान्हपछि केही स्थानहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। वर्षा भए पनि वातावरणमा आद्रता काम रहने सम्भावना छ।
तटीय जिल्लाहरू क्रमैले पूर्व मेदिनीपुर र दक्षिण 24 परगनामा तीव्र हावासितै वर्षा हुने सम्भावना छ। पश्चिम मेदिनीपुरमा पनि स्थानीय स्तरमा गर्जिने बादल विकसित हुने अनि पानी पर्ने सम्भावना छ। पुरूलिया, बाँकुड़ा तथा झाड़ग्राममा पनि केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ।
पूर्व बर्धमान, पश्चिम बर्धमान, बीरभूम, नदिया औ मुर्शिदाबादमा साँझपख छुटपुट वर्षा तथा वज्रपात हुने आशङ्का छ। मौसम विभागले किसानहरू अन खुल्ला क्षेत्रमा काम गर्ने मानिसहरूलाई विशेष सतर्कता अप्नाउने सल्लाह दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा