
गुवाहाटी, 28 अगस्त (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे) निर्माणका महाप्रबन्धक आशिष बन्सलले बितेको 27 अगस्तको दिन न्यू जलपाईगुड़ी (एनजेपी) रेलवे स्टेशनमा भइरहेको व्यापक पुनर्विकास एवं आधुनिकीरण कार्यहरूको निरीक्षण गरे। उनको साथमा पूसीरे मुख्यालय (निर्माण)- का वरिष्ठ अधिकारी तथा सम्बन्धित मण्डलका अधिकारीहरू पनि उपस्थित थिए। निरीक्षण अवधि बन्सलले स्टेशनलाई एक अत्याधुनिक एवं यात्री-अनुकूल रेलवे सुविधाको रूपमा विकसित गर्ने उद्देश्यले गरिरहेका विभिन्न बुनियादी ढाँचा एवं यात्री सुविधासित सम्बन्धित कार्यहरूको प्रगतिको समीक्षा गरे।
पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले शुक्रवार बताए, निरीक्षणको क्रममा महाप्रबन्धकले परियोजनाका प्रमुख घटकहरूको प्रगतिको समीक्षा गरे जसमा आगमन टर्मिनल भवन, प्रस्थान टर्मिनल, एलिभेटेड रोड, पोडियम पार्किङ्ग सुविधा, एयर कनकोर्स, नयाँ फुट ओभर ब्रिज (एफओबी), प्लेटफर्म विकास कार्य, सतही सड़क तथा अन्य यात्री सुविधाहरू सामेल छन्।
पुनर्विकास योजनामा श्रेष्ठ वाहन आवागमन, समर्पित पार्किङ्ग सुविधा, यात्रीहरूको ड्रप-अफ क्षेत्र तथा स्टेशनका विभिन्न सुविधाहरूबीच श्रेष्ठ कनेक्टिभिटीको व्यवस्था पनि सामेल छन्। बन्सलले विभिन्न स्थलहरूमा कार्य प्रगतिको जायजा लिँदै सुरक्षा र गुणस्तरकानिर्धारित मानदण्डहरूलाई कायम राख्दै कड़ा निगरानी, प्रभावकारी समन्वय तथा परियोजनालाई समयबद्ध रूपमा पूरा गर्नेमाथि बल दिए। उनले सम्बन्धित अधिकारीहरू एवं कार्यकारी एजेन्सीहरूलाई कार्यलाई तीव्रता दिने अनि निर्धारित समय-सीमाको पालन सुनिश्चित गर्ने निर्देश दिए।
न्यू जलपाईगुड़ी रेलवे स्टेशनको आधुनिकीकरण एवं पुनर्विकासको उद्देश्य यात्रीहरूको सुविधा, सहज औ समग्र यात्रा अनुभवलाई उत्कृष्ट बनाउनु हो। यो परियोजनाले आधुनिक बुनियादी ढाँचा र उन्नत यात्री सुविधाहरूद्वारा सुसज्जित स्टेशनको विकास गर्नेछ जसबाट उत्तर बङ्गाल औ पूर्वोत्तरको एक महत्वपूर्ण रेलवे प्रवेश द्वारको रूपमा न्यू जलपाईगुड़ीको भूमिका अझ बढ़ी सुदृढ़ हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा