
गुवाहाटी, 28 अगस्त (हि.स.)। काजीरङ्गाका स्थानीय मानिसहरूले काजीरङ्गा राष्ट्रिय उद्यान वरिपरी प्रस्तावित इको-सेन्सेटिभ जोनलाई लिएर कङ्ग्रेसले गरेको विरोध प्रदर्शनको कड़ा आलोचना गरेका छन्।
स्थानीय मानिसहरूले आरोप लगाए, कङ्ग्रेसले आफ्नो कार्यकालमा काजीरङ्गालाई संरक्षण गर्नको लागि केही गरेन। अब बचाउने नाममा विरोध प्रदर्शन गर्नु लज्जास्पद छ।
उनीहरूले भने, इको-सेन्सिटिभ जोनको मुद्दामा कङ्ग्रेसको विरोधलाई कुनै पनि स्थितिमा सहन गरिनेछैन। स्थानीय मानिसहरूले कङ्ग्रेसलाई कड़ा चेताउनी दिँदै भने, उनीहरू काजीरङ्गासित सम्बन्धित मुद्दामा कङ्ग्रेसले आन्दोलन गरे उनीहरू मौन बस्नेछैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा