मङ्गनको रिङहिम रिक्जिङ छोलिङ गुम्पामा पाङ ल्हाबसोल पर्व मनाइयो
मङ्गनमा पाङ ल्हाब सोल पर्व


मङ्गन, 28 अगस्त (हि.स.)। मङ्गनस्थित रिङहिम रिक्जिङ छोलिङ गुम्पामा आज श्रद्धा र उत्साहका साथ पाङ ल्हाबसोल पर्व मनाइएको छ। कार्यक्रममा वन तथा पर्यावरण विभागका मन्त्री पिन्चो नामग्याल लेप्चा, पूर्व लोकसभा सांसद हिस्से लाचुङ्पा, पूर्वमन्त्री छिरिङ वाङ्दी लेप्चा, बौद्ध भिक्षुहरू, भक्तजन तथा स्थानीय बासिन्दाहरूको पनि उल्लेख्य सहभागिता थियो।

समारोहमा शिप रिम्पोछे तथा लामाहरूले शान्ति, सद्भाव र सबैको सुख-समृद्धिको कामना गर्दै विशेष धार्मिक पूजा तथा प्रार्थना गरे।कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विशेष छाम नृत्य प्रस्तुत गरिएको थियो। परम्परागत मुखौटा प्रयोग गरी प्रस्तुत गरिने उक्त धार्मिक नृत्य नकारात्मक तथा दुष्ट शक्तिहरूलाई परास्त गरी सुरक्षा र आशीर्वाद प्राप्त गर्ने पवित्र अनुष्ठानका रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा रिम्पोछेद्वारा भक्तजनहरूलाई पवित्र जल तथा आशीर्वाद प्रदान गरिएको थियो। सो अवसरमा सबैको शान्ति, समृद्धि, सुख र कल्याणको कामना गर्दै पाङ ल्हाबसोल पर्व सम्पन्न गरिएको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande