राखीको दिन वञ्चित छात्र-छात्राहरूसित समय बिताए मन्त्री भास्कर भट्टचार्यले
राखीको दिन वञ्चित छात्र-छात्राहरूसित समय बिताए मन्त्री भास्कर भट्टचार्यले


हुगली, 28 अगस्त (हि.स.)। रक्षा बन्धनको अवसरमा मन्त्री भास्कर भट्टाचार्यले श्रीरामपुरस्थित निवेदिता शिक्षाङ्गनमा पुगेर सामाजिक एवं आर्तिक रूपमा पछाड़िएका परिवारहरूका विद्यार्थीहरूसित राखी बन्धन उत्सव मनाए। यस अवधि उनले छात्राहरूसित समय बिताए अनि उनीहरूसित पर्वको खुसी साझा गरे।

निवेदिता शिक्षाङ्गनको आवासीय गृहमा आर्थिक रूपमा कमजोर वर्गका 42 जना छात्र-छात्राहरू बस्दै आएका छन्। मन्त्रीेले यी विद्यार्थी नानीहरूसित बातचित गरी उनीहरूको पढ़ाई अन्य आवश्यकताहरूको बारेमा जानकारी लिए।

मन्त्री भास्कर भट्टाचार्यले भने, “आज यहाँ आएर मलाई धेरै राम्रो लागिरहेको छ। आगामी दिनमा म यिनीहरूसित बसेर यिनीहरूको कार्य र आवश्यकतालाई साझा गर्नेछु। यिनीहरूलाई सरकारी सहायता प्राप्त होस्, यसको लागि आवश्यक व्यवस्था गरिनेछ।”

रक्षाबन्धनको अवसरमा मन्त्रीको उपस्थितिले आवासीय गृहका बाल-बालिकाहरूमा पनि उत्साह देख्न पाइयो। आयोजन अवधि चेली-माइतीको स्नेह र सामाजिक समरसताको सन्देश दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande