
खरसाङ, 28 अगस्त (हि.स.)। युनाइटेड तीनधारेको आयोजनामा तीनधारेको पर्यटकीय स्थल 'वी लभ तीनधारे' परिसरमा रक्षा बन्धनको अवसरमा राखी बाँध्ने काम सम्पन्न गरिएको छ। युनाईटेड तीनधारको तर्फबाट दाजु-भाई, दिदी बहिनीको पर्व रक्षा बन्धनको अवसरमा स्थानीय दाजु भाई तथा तीनधारे पुलिस आउट पोष्टको बडाबाबु विद्यासागर सिंह लगायत उनको टिमका जवानहरुलाई रक्षा बन्धन बाँध्ने तथा मिठाई वितरणको कार्य सम्पन्न गरियो।
यस अवसरमा ट्राफिक सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको छ। यस अन्तर्गत चालकहरु र स्थानीयहरुमा सेफ ड्राइभ, सेभ लाइभलाई लिएर सचेतना पनि गराइयो। साथै छिमेकी देश नेपालमा भएको प्राकृतिक आपदाको घटनामा ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरिएको तीनधारेबाट अजय विश्वकर्मले जानकारी गराएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक