गोर्खा राष्ट्रिय नारी संगठन सोनादा शाखाको गोरामुमो अध्यक्ष मन घिसिङसँग सांगठनिक भेटघाट
gnlf


सोनादा, 28 अगस्त (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय कार्यालयमा पार्टीको सांगठनिक तथा राजनीतिक गतिविधिलाई लिएर भेटघाट र छलफलको क्रम जारी रहेको छ। यसै क्रममा गोरामुमो खरसाङ ब्राञ्च कमिटीअन्तर्गत गोर्खा राष्ट्रिय नारी संगठन सोनादा शाखाका प्रतिनिधिवर्गले गोरामुमो अध्यक्ष मन घिसिङसँग भेटघाट गरी सांगठनिक विस्तार तथा वर्तमान राजनीतिक परिवेशबारे महत्वपूर्ण छलफल गरेका छन्।

केन्द्रिय कार्यालय सचिव अमर तामाङले दिएको जानकारी अनुसार, भेटघाटका क्रममा सोनादा शाखाका प्रतिनिधिहरूले गोर्खा जातिको उन्मुक्तिको उद्देश्यलाई केन्द्रमा राख्दै भारत सरकारसँग सहकार्य गरेर अघि बढिरहेकोमा अध्यक्ष मन घिसिङप्रति आभार व्यक्त गरियो। छलफलका क्रममा सोनादा शाखा तथा सोनादा बजार क्षेत्रमा गोर्खा राष्ट्रिय नारी संगठनको सांगठनिक गतिविधिलाई अझ व्यापक र सशक्त बनाउँदै लैजाने विषयमा समेत चर्चा भएको बताइएको छ।

साथै आगामी दिनमा संगठनलाई तल्लो तहसम्म विस्तार गर्दै पार्टीका विभिन्न राजनीतिक कार्यक्रमहरू आयोजना गर्ने विषयमा पनि प्रतिनिधिहरूले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande