
गुवाहाटी, 30 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको रेडियो कार्यक्रम ‘मन की बात’- को 137औं एपिसोडको आइतवार देशभरि नै प्रसारण भयो। कार्यक्रममा महिला सशक्तीकरण, नशामुक्त भारत, तकनिक, इतिहास, स्वच्छता, नवाचार, कृषि औ स्थानीय उत्पादहरूलाई प्रोत्साहित दिने सहित केही महत्वपूर्ण विषयहरूमा चर्चा गरियो।
यस अवसरमा असम भाजपाका प्रदेश अध्यक्ष एवं लाेकसभा सांसद दिलीप सैकियाले न्यू गुवाहाटी विधानसभा क्षेत्रको बाहिनी मण्डलको बूथ सङ्ख्या -169 मा तथा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रदेश भाजपा मुख्यालयमा कार्यकर्ताहरूसित ‘मन की बात’ सुने।
प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यक्रममा अन्तरिक्ष विज्ञानको क्षेत्रमा भारतीय महिलाहरूको बढ़्दो सहभागितालाई विशेष रूपमा रेखाङ्कित गरे। उनले मिशन शक्तिसैट पहलको उल्लेख गर्दै भने, 108 वटा राष्ट्रका लगभग 12 हजार महिलाहरूले अन्तरिक्ष विज्ञानसित सम्बन्धित अध्ययन, शोध एवं आउटरीच गतिविधिहरूमा भाग लिरहेका छन्।
प्रधानमन्त्रीले प्रधानमन्त्री स्वनिधि योजनाका उपलब्धिहरूको उल्लेख गर्दै भने, यसको 46 प्रतिशतभन्दा अधिक लाभार्थीहरू महिला छन् जो चिया पसल, स्थानीय व्यापार तथा स-सानाउद्यमहरूको माध्यमबाट आर्थिक रूपमा आत्मनिर्भर बनिरहेका छन्।
उनले नागाल्याण्डको फेक जिल्लाकी वैशाली पुरोको उदाहरण पनि दिए जसले फूल खेतीको माध्यमबाट आत्निर्भरता हासिल गरेकी छन्। प्रधानमन्त्रीले भारतको समृद्ध इतिहासलाई प्रकाशमा ल्याउने पहल तता असमको अहोम साम्राज्यको लगभग 6 हजार वर्षको इतिहासको पनि उल्लेख गरे।
असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पनि दिसपुर विधानसभा क्षेत्रको राजधानी मण्डलको बूथ नम्बर-187मा भाजपा प्रदेश मुख्यालमा 5 सयभन्दा अधिक पार्टी कार्यकर्ताहरूसित ‘मन की बात’ सुने।
असम भाजपाका प्रवक्ता प्राञ्जल कलिताले बताए, राज्यका 39 सङ्गठनात्मक जिल्लाका 433 मण्डलहरूको 25,000 भन्दा अधिक बूथहरूमा भाजपा कार्यकर्ताहरूले कार्यक्रमलाई सुने जसमा लाखौं कार्यकर्ताहरूले भाग लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा