
गुवाहाटी, 30 अगस्त (हि.स.)। वशिष्ठ पुलिसले आइतवार नशा विरोधी अभियान सञ्चालन गरी एकजना पुरूष र एकजना महिलालाई पक्राउ गऱ्यो। पुलिसले दुवै आरोपीलाई वशिष्ठको नतुन बजारस्थित एउटा कोठाबाट संदिग्ध मादक पदार्थसितै पक्राउ गरेको हो। आरोपीहरूको पहिचान प्रदीप पाल र जानकी देवीको रूपमा भएको छ।
पुलिस अनुसार दुवै कथित रूपमा नशालु पदार्थहरूको तस्करीमा सामेल थिए। अभियान अवधि पुलिसले ड्रग्सको सात वटा प्याकेट, लगभग 8 किलो गाँजा र प्रतिबन्धित ट्याबलेट जफत गऱ्यो। मामिलामा अग्रिम जाँंच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा