दिल्ली विधानसभाका प्रथम अध्यक्ष चरती लाल गोयलको जयन्तीमा कार्यक्रम आयोजना गरिने
दिल्ली विधानसभाका प्रथम अध्यक्ष चरती लाल गोयलको जयन्तीमा कार्यक्रम आयोजना गरिने


नयाँ दिल्ली, 30 अगस्त (हि.स.)। दिल्ली विधानसभाका प्रथम अध्यक्ष चरती लाल गोयलको जयन्ती, आगामी 01 सेप्टेम्बरको दिन चरती लाल गोयल हेरिटेज पार्कमा कार्यक्रम आयोजना भइरहेको छ। पूर्व केन्द्रिय मन्त्री विजय गोयलले सोशल मिडिया अकाउन्ट एक्समा एउटा भिडियो साझा गरी यस आशयको जानकारी दिए।

पूर्व केन्द्रिय मन्त्री विजय गोयलले भने, दिल्ली विधानसभाका प्रथम अध्यक्ष एवं मेरा पिता चरती लाल गोयल एकजना कर्मठ, इमानदार र बेदाग जननेता थिए। उनले आफ्नो सारा जीवन जनसेवा र सिद्धान्तको लागि समर्पित गरे। उनले बताए, आपतकालमा उनका पिताजीले 19 महिना अम्बला जेलमा बसेर लोकतन्त्रको रक्षा गर्न सङ्घर्ष गरे। उनीबाटै प्रेरणा लिएर उनले पनि भूमिगत आन्दोलनमा भाग लिए अनि सत्याग्रह गरी दिल्लीको जेलमा थुनिए।

गोयलले बताए, उनका पिताजीले जहाँ बसे पनि चाहे विधानसभा, नगरनिगमका उपमेयर वा बिजुली विभागको चेयरम्यानको रूपमा सदैव जनताको सेवालाई सर्वोच्च प्राथमिकता दिए। आज उनका विचार एवं संस्कारहरूलाई पहिल्याएर आज म जे छु, त्यसमा उनको सबैभन्दा ठूलो योगदान छ।

उनको पिताको स्मृतिमा लाल किल्ला अगाड़ि चरली ताल गोयल हेरिटेज पार्क तथा हरियाणामा अवस्थित उनको बङ्गलोलाई जनसेवाको निम्ति समर्पण गरेर उनका जीवन मूल्यहरूलाई अगाड़ि बढ़ाउने प्रयास हो। आगामी 1 सेप्टेम्बरको बिहान 10 बजे चरती लाल गोयल हेरिटेज पार्कमा उनको जयन्तीमा कार्यक्रम आयोजना हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande