फिरोजपुरमा आआप नेताको गोली दागी हत्या
फिरोजपुरमा आआप नेताको गोली दागी हत्या


फिरोजपुर, 30 अगस्त (हि.स.)। फिरोजपुरको ममदोट क्षेत्रमा आम आदमी पार्टी (आआप)- का नेता गुरप्रीत सिंहको गोली दागी हत्या गरियो भने उनका साथी हरप्रीत सिंह घाइते भएका छन्। बाइकमा सवार भएर आएका मुखौटोधारी आक्रमणकारीहरूले कारभित्र बसेका तीन जना मानिसहरू तथा दुई जना मोटरसाइक सवारहरूमाथि गोली दागे।

घटनाको सूचना पाउनसाथ फिरोजपुरका एसएसपी भूपिन्दर सिंह पुलिस टीम सहित घटनास्थलमा पुगे। उनले बताए, शुरूआती जाँचमा मामिलाको पछाड़ि चुनावी शत्रुता भएको शङ्का व्यक्त गरिएको छ।

एसएसपीले बताए मुताविक पुलिसले ममिलाको गहन जाँच गरिरहेको छ। उनले भने, जाँच पूरा भएपछि नै घटनाको सम्पूर्ण स्थिति स्पष्ट हुनेछ। पुलिसले कथित हमलाकारीहरूलाई चिन्हित गरेको छ। तथापि यस सम्बन्धमा हाल योभन्दा अधिक जानकारी साझा गरिएको छैन। आक्रमणकारीहरूलाई पक्राउ गर्नको लागि कारबाही भइरहेको छ।

सिभिल अस्पतालका डाक्टर अनुसार गए शनिवार अबेर राती दुई जना घाइते मानिसहरूलाई अस्पतालमा ल्याइएको थियो। पुलिसले घटनाको कारण तथा गोलीकाण्डमा सामेल मानिसहरूको सम्बन्धमा अग्रिम जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande