नोकरी दिलाउने नाममा आर्थिक धोकाधड़ी गरेको आरोपमा तृणमूल नेता पक्राउ
नोकरी दिलाउने नाममा आर्थिक धोकाधड़ी गरेको आरोपमा तृणमूल नेता पक्राउ


हुगली, 30 अगस्त (हि.स.)। नोकरी दिलाउने नाममा आर्थिक धोकाधड़ी गरेको आरोपमा तृणमूल कङ्ग्रेसका नेता राजीव घोषाललाई पुलिसले पक्राु ग रेको छ। राजीवलाई अभिषेक ब्यानर्जीको निकटवर्ती नेता मानिन्छ। गए शनिवार बाँकुड़ाको बेलियातोड़ थानाको पुलिसले उनलाई कोलकाताको दमदमबाट पक्राउ गरेको हो। त्यसपछि उनलाई बेलियातोड़ थानामा ल्याइयो अनि आइतवार अदालतमा पेश गरियो।

पुलिस सूत्र अनुसार वर्ष 2025- मा केही नोकरीका इच्छुक मानिसहरूबाट नोकरी दिलाउने नाममा राजीवले कथित रूपमा पैसा लिएका थिए। आरोप छ, पैसा लिएर पनि नोकरी दिलाएन, न त पैसा नै फर्काइदियो। राज्यमा सत्ता परिवर्तन भएपछि ठगीका शिकार भएका मानिसहरूले राजीवविरूद्ध थानामा सिकायत दर्ता गराएका थिए। त्यसपछिदेखि तिनी भागेका थिए।

आइतवार पुलिसले उनलाई अदालतमा पेश गर्नको लागि थाना बाहिर ल्याउँदा पहिलाबाटै त्यहाँ भेला भएका भाजपा कार्यकर्ताहरूले ‘चोर-चोर’- को नारा लगाउँदै विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले अण्डा पनि फाले, तर राजीवलाई एउटै पनि अण्डा लागेन। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिसको सुरक्षा बढ़ाइयो।

भाजपाले आरोप लगाएको छ, नोकरीको नाममा कथित धोकाधड़ीबाट हासिल गरेको रुपियाँलाई तृणमूलका शीर्ष स्तरका नेताहरूसम्म पनि पुऱ्याइएको थियो। भाजपा नेताहरूले यस मामिलामा अन्य मानिसहरूको भूमिकाको जाँच तथा सम्बन्धित नेताहरूलाई पक्राउ गर्ने माग गरेको छ।

पुलिसले यो पनि जाँच गरिरहेको छ कि यस धोकाधड़ीमा राजीव बाहेक अन्य को-को सामेल थिए। यस पक्राउलाई लिएर बाँकुड़ामा राजनीतिक आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande