युवा भारत साधु समाजले नेपालमा पठाउनेछ राहत, सन्तहरूद्वारा नेपाल त्रासदीप्रति शोक व्यक्त
युवा भारत साधु समाजले नेपालमा पठाउनेछ राहत, सन्तहरूद्वारा नेपाल त्रासदीप्रति शोक व्यक्त


हरिद्वार, 30 अगस्त (हि.स.)। गरीबदासीय आश्रममा युवा भारत साधु समाज औ षड़दर्शन साधु समाजको बैठक आयोजना भयो। बैठकमा नेपाल त्रासदीमा मारिएका मानिसहरूलाी दुई मिनट मौन राखेर श्रद्धाञ्जली दिइयो। सन्तहरूले चाँड़ै नेपालको लागि राहत सामग्री पठााउने निर्णय लिए।

अध्यक्ष शिवम महन्त र महामन्त्री स्वामी रवि देव शास्त्रीले भने, नेपाल त्रासदी भयङ्कर हो जसमा हजारौं मानिसहरू प्रभावित भएका छन् जसमा स्थानीय नागरिकहरूसँगसँगै भारत एवं अन्य देसका मानिसहरू पनि सामेल छन्। युवा भारत साधु समाजले चाँड़ै नै नेपालको लागि खाद्य सामग्री, औषधि तथा अन्य आवश्यक सामानहरू पठाउनेछ।

सन्त जगजीत सिंह शास्त्री र स्वामी विष्णुदासले भने, नेपाल हाम्रो छिमेकी अनि मित्र राष्ट्र हो जोसित नङ र मासुको सम्बन्ध छ। उनले भारत सरकारको सहयोगको सराहना गर्दै सन्त समाजसित पनि सहयोगको अपील गरे। उनले भने,आपदाको घड़ीमा ज्यान-मालको ठूलो क्षति हुन्छ जसको पुनर्स्थापनामा वर्षौं लाग्छ।

स्वामी दिनेश दास एवं डा. स्वामी हरिहरानन्दले भने, उत्तराखण्डमा पनि लगातार आपदाहरू आइरहन्छ, त्यसैले यहाँका मानिसहरूले नपालको पीड़ालाई राम्ररी बुझ्न सक्छन्। उनले सरकार अनि सामाजिक संस्थाहरूसित नेपाललाई हरसम्भव सहयोग गर्ने अपील समेत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande