उच्च उँचाइ आध्यात्मिक दौड़ सफलतापूर्वक सम्पन्न
उच्च उँचाइ आध्यात्मिक दौड़ सफलतापूर्वक सम्पन्न


गान्तोक, 30 अगस्त (हि.स.)। चुनौतीपूर्ण 50 किलोमिटर उच्च उँचाइ आध्यात्मिक दौड़ सफलतापूर्वक सम्पन्न भएको छ। उक्त दौड़लाई पर्यटनमन्त्री टीटी भोटियाको मार्गदर्शनमा 28 अगस्तको बिहान 5ः00 बजी आरओ तेञ्जिङ भोटियाले युक्समबाट शुभारम्भ गराएका थिए।

सिक्किमका म्याराथन म्यान अमर सुब्बाको नेतृत्वमा 11 जना धावकको समर्पित टोलीले कठिन भू-भाग पार गरे। उनीहरूले जोङग्री र दाफ्लागाङसम्म पुगेर कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जभित्रको 4,200 मिटरको प्रभावशाली उँचाइमा पुगेर 14 घण्टाभित्रै त्यही दिन युक्सममा सफलतापूर्वक फर्किएका थिए।

यो आध्यात्मिक दौड़ नेपालका पीड़ितहरूलाई समर्पित थियो भने यसअवधि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande