
नयॉं दिल्ली, ३१ अगस्त (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले सोमबार भाद्रपद कृष्ण तृतीयाको अवसरमा मनाइने ‘कजरी तीज’ का अवसरमा सम्पूर्ण देशवासीलाई हार्दिक शुभकामना दिएका छन्।
बिरलाले ‘एक्स’ मा लेखेका छन्, “भाद्रपद कृष्ण तृतीया ‘कजरी तीज’ को अवसरमा सम्पूर्ण देशवासी, विशेषगरी आमा तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना! आमा तथा दिदीबहिनीहरूले आफ्ना जीवनसाथीको दीर्घायुको कामना गर्दै यो पर्व मनाउनुहुन्छ। यो पारिवारिक सुख-समृद्धि तथा लोकसंस्कृतिका मूल भावनाहरूको सुन्दर प्रतीक हो। मेरो संसदीय क्षेत्रअन्तर्गत राजस्थानको बून्दी जिल्लामा कजरी तीजको विशेष महत्त्व छ। तीजका अवसरमा बून्दीमा लाग्ने परम्परागत मेलाले स्थानीय लोकसंस्कृति, कला, उत्सवको उत्साह तथा राजस्थानको जीवन्त सम्पदाको शानदार झलक प्रस्तुत गर्दछ। यस दिन मेरो यही प्रार्थना छ कि माता पार्वती र भगवान् शिवको आशीर्वाद सबैमाथि सदैव कायम रहोस्। सबैको कल्याणका लागि शुभकामना।”
मान्यता अनुसार, हिन्दू धर्मको भाद्रपद महिनामा (वा दक्षिण भारतीय परम्परामा श्रावण महिनामा) मनाइने यो पर्व रमाइला पिङ तथा उत्सवपूर्ण समारोहका साथ मनसुन ऋतुको स्वागत गर्छ। यस पर्वको नाम परम्परागत कजरी लोकसंगीतका आधारमा राखिएको हो, जुन उत्तर प्रदेश र बिहारजस्ता क्षेत्रमा गुञ्जिने गर्छ। यी मधुर गीतहरूले विरह, प्रेम तथा वर्षा ऋतुको सुन्दरतालाई अभिव्यक्त गर्छन्। श्रद्धालुहरूले नीमको रूख (नीमडी माता) र चन्द्रमाको पूजा गर्छन् तथा साँझ सत्तु खाएर आफ्नो व्रत तोड्छन्।
हिन्दुस्थान समाचार / भवानी थामी