मानिसले शुभ र कल्याणकारी विचारहरूको मात्र चिन्तन गर्नुपर्छः प्रधानमन्त्री मोदी
प्रधानमंत्री नरेन्द्र मोदी (फाइल फोटो)


नयॉं दिल्ली, ३१ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार ‘एक्स’ मा साझा गरेको सुभाषितमार्फत मानिसले शुभ र कल्याणकारी विचारहरूको मात्र चिन्तन गर्नुपर्ने विषयमा प्रकाश पारेका छन्।

प्रधानमन्त्री मोदीले ‘एक्स’ मा संस्कृतको एक श्लोक लेखेका छन्, 'यद् यदेव प्रसक्तं हि वितर्कयति मानवः । अभ्यासात् तेन तेनास्य नतिर्भवति चेतसः।।'

यसको अर्थ हो, मानिसले जुन विषय वा वस्तुबारे बारम्बार सोचिरहन्छ, उसको मन बिस्तारै त्यही दिशातर्फ आकर्षित हुन थाल्छ। त्यसैले हामीले सधैं राम्रा, शुभ र कल्याणकारी विचारहरूको मात्र चिन्तन गर्नुपर्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande