
नयॉं दिल्ली, ३१ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको राजधानी तास्कन्दस्थित स्टेट युनिभर्सिटी अफ ओरिएन्टल स्टडीजमा रहेको महात्मा गान्धी केन्द्रको भ्रमण गरेका छन्।
प्रधानमन्त्री मोदीले सोमबार ‘एक्स’ मा लेखेका छन्, “आइतबार तास्कन्द स्टेट युनिभर्सिटी अफ ओरिएन्टल स्टडीजमा रहेको महात्मा गान्धी केन्द्रको भ्रमण धेरै कारणले रोचक रह्यो। यहाँ इन्डोलोजी (भारतीय अध्ययन) को जीवन्त वातावरण देख्न पाइयो। भारतबारे पढ्न र जान्न मानिसहरूमा ठूलो उत्साह देखियो। यहाँ गान्धीजीको जीवनमाथि धेरै काम भएको छ। यहाँका मानिसहरूमा तमिल संस्कृतिप्रति पनि रुचि बढिरहेको छ। यस क्रममा विद्यार्थीहरूले मैले लेखेका कविताका केही पंक्तिहरू पनि सुनाए।”
उल्लेखनीय छ, प्रधानमन्त्री मोदी शनिबारदेखि उज्बेकिस्तान र किर्गिस्तानको चारदिने भ्रमणमा छन्। यस क्रममा उनले उज्बेकिस्तानका राष्ट्रपति शफकत मिर्जियोयेफसँग व्यापार तथा लगानी, डिजिटल सम्पर्क, रक्षा तथा ऊर्जा क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी