
शिवसागर (असम), 07 अगस्त (हि.स.)। माथिल्लो असमको शिवसागर जिल्लान्तर्गत हलवाटिङ्गमा पुलिसले कारबाही गर्दै आज एकजना युवकलाई .32 क्यालिबरको पिस्तोलसितै पक्राउ गऱ्यो।
आरोपीको पहिचान बरुवापुखुरी निवासी विनोद गोगोईको रूपमा भएको छ। गुप्त सूचनाको आधारमा पुलिसले लादोइगढ़ मिसिङ्ग गाउँमा खोजी अभियान सञ्चालन गऱ्यो जसमा उक्त हतियार जफत गरियो। शुरूआती जाँचबुझमा आरोपीले दाबी गऱ्यो, उसले उक्त पिस्तोललाई असममा बेच्नको लागि नागााल्याण्डबाट ल्याएको थियो।
पुलिसले हतियार जफत गरेको छ भने जाँचबुझ गर्नको लागि आरोपीलाई हिरासतमा लिएको छ। यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरिएको छ। पुलिसले हतियारको श्रोत पत्तो लगाउनको साथै यो पनि जाँच गरिरहेको छ कि यसमा हतियारहरूको तस्करीको कुनै ठूलो नेटवर्क सामेल त छैन।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा