
पूर्व मेदिनीपुर, 07 अगस्त (हि.स.)। जिल्लाको दुर्गाचक थाना क्षेत्रमा रात्रिकालीन मोबाइल गस्तीमा पुलिसलाई ठूलो सफलता हात लागेको छ। पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरी उसको कब्जाबाट 19 लाख 25 हजार 525 रुपियाँ भारतीय मुद्रा जफत गरेको छ। मामिलामा अर्को आरोपी घटनास्थलबाट भाग्यो। पक्रा पर्ने आरोपीको पहिचान बनमाली दासको रूपमा भएको छ।
पुलिस अनुसार शुक्रवार भोर बिहान लगभग साढ़े तीन बजे खानजानचक-तालपुकुर मोड़ निकट रात्रिकालीन मोबाइल गस्तीमा पुलिसले हातमा ब्याग बोकेका दुई जना संदिग्ध व्यक्तिहरूलाई रोक्ने प्रयास गऱ्यो। जाँचबुझ गर्दै-गर्दा एकजना व्यक्ति घटनास्थलबाट भाग्यो भने दोस्रो व्यक्तिलाई पुलिसले समात्यो।
जाँचबुझमा आरोपीले जफत गरिएको नगदको श्रोत अथवा स्वामित्वसित सम्बन्धित कुनै पनि वैध दस्तावेज वा सन्तोषजनक जानकारी प्रस्तुत गर्न सकेन। पुलिसले आशङ्का व्यक्त गरेको छ, यो रासि चोरीको सम्पत्ति अथवा कुनै संज्ञेय अपराधसित सम्बन्धित हुनसक्छ। पुलिसले नगदसितै आरोपीलाई दुर्गाचक थानामा पुऱ्यायो जहाँ पूर्ण प्रक्रिया अन्तर्गत नगदलाई जफत गरियो। नगदको गन्ती, जफती तथा अन्य आवश्यक कारबाहीको विधिवत अभिलेखीकरण तथा भिडियो रेकर्डिङ्ग पनि गराइयो।
जाँचबुझमा आरोपीले आफ्नो भगौड़ा साथीको पहिचान पनि बताएको छ। यस सम्बन्धमा दुर्गाचक थानामा ममिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा