
कोलकाता, 07 अगस्त (हि.स.)। पश्चिम बङ्गाल सरकारका मन्त्री दिलीप घोषले राष्ट्रिय स्वयंसेवक सङ्घका सरसङ्घचालक मोहन भागवतले युवा पिँढ़ीसित सम्वाद गर्ने पहललाई समर्थन गर्दै भने, उनले सदैव हिन्दू समाजको लागि अभिभावक, मित्र, दार्शनिक औ मार्गदर्शकको भूमिका निभाउँदै आइरहेका छन्।
शुक्रवार पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले भने, जब पनि समाजले कुनै चुनौतीको सामना गर्छ अथवा युवा पिँढ़ीलाई भौंतारिएको देखिन्छ, तब मोहन भागवतले उनीहरूको कुरा सुन्दछन्, स्थितिलाई बुझ्छन् तथा उचित मार्गदर्शन दिन्छन्। उनले लामो समयदेखिकै यही दायित्व निभाउँदै आइरहेका छन्।
घोषले यसलाई सकारात्मक पहल बताउँदै भने, सरसङ्घचालकले एउटा महत्वपूर्ण विषयलाई उठाएका छन्। उनलाई विश्वास छ कि यसको सार्थक समाधान देखिनेछ।
उनले भने, आजको समयमा युवा पिँढ़ीलाई सामाजिक माध्यम तथा विदेशी तत्वहरू सहित अनेकौं माध्यमहरूबाट भ्रमित पार्न सकिन्छ। कैयौं पटक युवाहरू अन्जानमा तथा पूर्ण जानकारीको अभावमा राष्ट्रको विरोधमा जाने कुरालाई समर्थन गर्दछन्। यस अवस्थामा उनीहरूलाई उचित परामर्श तथा सही दिसा दिन आवश्यक छ।
उल्लेखनीय छ, मोहन भागवतले गए बिहीवार मुम्बईमा आयोजित इण्डियाज इन्टरनेशनल मूभमेन्ट टू यूनाइट नेशन्स (आईआईएमयूएन)- को 15औं स्थापना दिवस कार्यक्रममा जेन जेड औ जेन अल्फाका लगभग दुई हजार युवाहरूलाई सम्बोधन गरेका थिए। यस अवधि उनले भनेका थिए, लोकतन्त्रमा विरोध सम्वादको वैध माध्यम हो भने यसको उद्देश्य समाजमा सहमति तथा समाधानको मार्ग प्रशस्त गर्नु हुनुपर्छ, विभाजन सृजना गर्नु होइन।
उनले हालैमा प्रश्नपत्र लीकलाई लिएर भएको विरोध प्रदर्शनको पृष्ठभूमिमा शिक्षा व्यवस्थामाथि उठेका चिन्ताहरूलाई पनि उचित बताउँदै देशको सकल घरेलू उत्पादको 6 प्रतिशत व्यय गर्ने आवश्यकतामाथि बल दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा