द्रूत गतिको बोलेरोको ठक्करले आमासितै पाँच वर्षीय छोरीको मृत्यु
द्रूत गतिको बोलेरोको ठक्करले आमासितै पाँच वर्षीय छोरीको मृत्यु


गुवाहाटी, 07 अगस्त (हि.स.)। गुवाहाटीमा पूर्वी क्षेत्रको सोनापुरस्थित लालमाटीमा राष्ट्रिय राजमार्ग-27 मा शुक्रवार भएको एक पीड़ादायी सड़क दुर्घटनामा एकजना महिलासितै उसकी पाँच वर्षीय छोरीको मृत्यु भयो। एउटा द्रूत गतिको बोलेरोले कथित रूपमा उनीहरूको स्कुटीलाई ठक्कर दियो।

मृतकहरूको पहिचान सोनापुरको समता पथार निवासी नीलाक्षी इङ्ग्ती र उनकी पाँच वर्षीय छोरी अदिति राङ्गहाङ्गको रूपमा भएको छ।

पुलिस अनुसार आमा-छोरी मासु किनेर घर फर्किरहेका थिए। लालमाटीस्थित राष्ट्रिय राजमार्ग पार गर्ने क्रममा उनीहरूको स्कुटी (एएस-01जीयू-8951)-लाई जोराबाटदेखि जागीरोड आइरहेको बोलेरो (एएस-09जे-4494)-ले ठक्कर दियो। यस भयानक दुर्घटनामा दुवै आमा-छोरीको घटनास्थलमै मृत्यु भयो।

सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर दुवै शवलाई पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच)-मा पठाइदियो। पुलिसले मामिला दर्ता गरी दुर्गटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande