पैह्रो प्रभावित परिवारलाई अनुग्रह सहायता वितरण
सहायता राशि प्रदान गर्दै जिल्लापाल


पाकिम, 07 अगस्त (हि.स.)। पाकिम जिल्लाकी जिल्लापाल परी बिश्नोईले जिल्लाका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको पैह्रोबाट प्रभावित परिवारहरुलाई आज आफ्नो कार्यकक्षमा एक लाख तीस हजार रुपियाँ बराबरको अनुग्रह सहायता हस्तान्तरण गरिन्।

यो अनुग्रह सहायता राज्य आपदा प्रबन्धन कोष (एसडीआरएफ) तथा राष्ट्रिय आपदा प्रतिकार्य कोष (एनडीआरएफ) अन्तर्गत निर्धारित मापदण्ड र प्रावधानअनुसार उपलब्ध गराएको बताइएको छ।

प्राकृतिक आपदाबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग प्रदान गर्ने जिल्ला प्रशासनको निरन्तर प्रयासअन्तर्गत उक्त सहायता वितरण गरिएको जनाइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande