सिविटारमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको युनिट कमिटी भ्रमण
Sivitar


खरसाङ, 07 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको युनिट कमिटीको भ्रमण र भेटघाटको क्रम जारी छ। यसै क्रममा युनियनको खरसाङ महकुमा समितिले शुक्रवार सिविटारमा भेटघाट र सभा सम्पन्न गरेको छ।

युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ र महासचिव जनक छेत्रीको टोलीले शुक्रबार तीनधारे महानदी समष्टिको जोनल कमिटी अन्तर्गत सिविटार चियाबारी युनिट कमिटीका पदाधिकारीहरुसित भेटघाट साथै सभा सम्पन्न गरेका छन्। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका उप सभापति एवं पञ्चायत समिति सदस्य कुसाङ लामा पनि उपस्थित रहेका थिए।

उक्त सभामा सिविटार युनिटकी सभापति पिंकी राई, सचिव सुमन प्रधान, कोषाध्यक्षा बिनिता प्रधान साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट अजित प्रधान, मोहन सेवा, सदीप राई, सुमन प्रधान लगायत अन्यहरु उपस्थित थिए।

सभामा सिविटार चियाबारीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तर्फबाट बगानको प्रबन्धन पक्षलाई चार्टर अफ् डिमाण्ड बुझाउने विषयमा चर्चा परिचर्चा गरिएको छ भने आगामी 16 अगस्तको दिन युनियनको तीनधारे महानदी समष्टिको जोनल कमिटी बनाउँदा सिविटार युनिटबाट पनि एकजना प्रतिनिधि दिनु पर्ने विषयमा चर्चा परिचर्चा गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande