सिलगढ़ी कोर्टमा स्पीकर रथिन्द्र बोससित सौजन्य भेट
सिलगढ़ी कोर्टमा स्पीकर रथिन्द्र बोससित सौजन्य भेट


सिलगढ़ी, 07 अगस्त (हि.स.)। पश्चिम बङ्गाल विधानसभाका स्पीकर रथिन्द्र बोसले शुक्रवार सिलगढ़ी जिल्ला अदालतमा सौजन्य भेट गरे।

सूत्र अनुसार कुचबिहारदेखि फर्किने क्रममा उनी अचानक अदालतमा पुगे जहाँ उनले उपस्थित वकिलहरूसित विभिन्न महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा गरे।

यस अवधि वकिलहरूको पक्षबाट स्पीकर समक्ष केही मागहरू राखियो जसमा नयाँ कोर्ट बिल्डिङ निर्माण गर्ने, सिलगढ़ीलाई अलग राज्य बनाउने प्रस्ताव सहित अन्य मागहरू पनि सामेल छन्।

यसमा स्पीकर रथिन्द्र बोसले भने, केही प्रस्ताव मेरो समक्ष राखिएको छ, तर मेरो जिम्मेवारी भिन्नै छ। म मन्त्री वा सोझै सरकारको अङ्ग होइन। तथापि अवसर पाए सम्बन्धित अधिकारीहरूसम्म यी मुद्दाहरूलाई पुऱ्याउने प्रयास गर्नेछु।

उनले बताए, “म कुचबिहारदेखि फर्किरहेको थिएँ। मसित अलिकति समय बचेको थियो, त्यसैले अदालतमा आएँ। यहाँ मेरा केही परिचित तथा मित्रहरू छन् जोसित मैले पहिला काम पनि गरिसकेको छु। उनीहरूलाई भेट गर्नको लागि आएको हुँ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande