तीनजना पूर्व सभासदसहित पञ्चायत प्रतिनिधिहरू भाजपामा सामेल
भाजपामा सामेल नेताहरु


दार्जिलिङ, 07 अगस्त (हि.स.)। भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको नेतृत्वमा आज दार्जिलिङमा आयोजित एक समर्थन कार्यक्रममा तीनजना सभासदसहित पञ्चायत प्रतिनिधिहरू भाजपामा सामेल भएका छन्। सामेल हुनेहरूमा तीनजना पूर्व सभासद पंखाबारी अम्बटे लङ्भ्यू समष्टिकी पूर्व सभासद कल्पना प्रधान, मिरिक थर्बु डुप्टिनका पूर्व सभासद मिलेश राई र महानदी तीनधारे समष्टिका पूर्व सभासद नवराज छेत्री रहेका छन्।

यसरी नै विभिन्न पञ्चायत प्रतिनिधिहरू पनि भाजपामा सामेल भएका छन्। सामेल हुनेहरुमा मिरिक खण्ड पञ्चायत समितिका सदस्य बुढा लेप्चा, बिशन राई ग्राम पञ्चायत सदस्य, डुप्टिन ग्राम पञ्चायत अनि सुब्रता लकान्द्री ग्राम पञ्चायत सदस्य, सेन्ट मेरीज तीन ग्राम पञ्चायत आदि रहेका छन्। यसका साथै लगभग १०० जना बुथ अध्यक्ष, बुथ संयोजक, महिला मोर्चाका सदस्य तथा युवा मोर्चाका सदस्यहरू पनि भाजपामा सामेल भएकाे बताइएको छ।

आजको समर्थन कार्यक्रममा भाजपा दार्जिलिङ जिल्ला समितिका वरिष्ठ नेताहरूको पनि उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande