युवतीसित सामूहिक दुष्कर्म मामिलामा सिभिक भोलन्टियर पक्राउ, अन्य दुई आरोपी भागे
युवतीसित सामूहिक दुष्कर्म मामिलामा सिभिक भोलन्टियर पक्राउ, अन्य दुई आरोपी भागे


कुचबिहार, 07 अगस्त (हि.स.)। पश्चिम बङ्गालको कुचबिहार औ जलपाईगुड़ी जिल्लाको पुलिसले एकजना युवतीसित कथित सामूहिक दुष्कर्म गरेको मामिलामा संयुक्त अभियान सञ्चालन गरी एकजना सिभिक भोलन्टियरलाई पक्राउ गरेको छ। मामिलाका अन्य दुई जना आरोपी भागेका छन् जसको खोजीमा लगातार छापामारी गरिँदैछ।

शुक्रवार पुलिस सूत्रबाट प्राप्त जानकारी अनुसार पछिल्लो सप्ताह मेखलीगञ्जकी एकजना युवतीलाई कथित रूपमा प्रलोभन दखाएर धूपगुड़ी ल्याइयो। आरोप छ, त्यहाँ एउटा भाड़ाको घरमा युवतीलाई बन्धक बनाएर उसित कैयौं पटक दुष्कर्म गरियो। घटनापछि पीड़िताले मेखलीगञ्ज थानामा लिखित सिकायत दर्ता गराई।

सिकायतको आधारमा कुचबिहार जिल्ला पुलिसले तत्काल जाँच गर्न शुरू गऱ्यो। प्रारम्भिक जाँचमा थाहा लाग्यो, मामिलाका सूचीवद्ध तीनै जना आरोपीहरू धूपगुड़ी थानामा सिभिक भोलन्टियरको रूपमा कार्यरत थिए। पुलिस अनुसार उनीहरू सादा पोशाकमा ड्यूटी गर्ने पुलिस टीमको साथमा पनि नियमित रूपमा तैनाथ रहन्थे।

जाँचमा केही स्थानीय मानिसहरूले आरोप पनि लगाए, यी तीनै आरोपीहरू पहिला पनि आफ्नो पहिचान तथा पुलिससित जोड़िएको प्रभावलाई प्रयोग गरी कथित रूपमा आपराधिक गतिविधिमा सामेल रहिसकेका छन्। तर डरले कसैले पनि आरोपीहरूविरूद्ध खुलेर सिकायत गर्ने साहस गरेनन्। पीड़िताले सिकायत गरे पश्चात मामिला सामु आयो।

कुचबिहार औ जलपाईगुड़ी जिल्ला पुलिसको संयुक्त कारबाहीमा आरोपी बुलबुल आलम (30)-लाई पक्राउ गरियो जो धूपगुड़ी थाना क्षेत्रको भेमटिया निवासी हो भने धूपगुड़ी थानामा सिभिक भोलन्टियरको रूपमा कार्यरत थियो।

मामिलाका अन्य दुई जना आरोपीहरू अहिले पनि भागेका छन्। पुलिसले उनीहरूलाई पक्राउ गर्नको लागि सम्भावित ठेगानाहरूमा लगातार छापामारी गरिरहेको छ। अधिकारीहरूको भनाइ छ, उनीहरूलाई पनि चाँड़ै पक्राउ गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande