असमका मुख्यमन्त्रीले बाढ़ी प्रभावित अरूणोदय लाभार्थीहरूलाई मद्दत गरेकोमा मानिसहरूको सराहना गरे
असमका मुख्यमन्त्रीले बाढ़ी प्रभावित अरूणोदय लाभार्थीहरूलाई मद्दत गरेकोमा मानिसहरूको सराहना गरे


गुवाहाटी, 09 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार भने, अरूणोदय योजनाले राज्यका लाखौं आमा तथा दिदी-बहिनीहरूको अनुहारमा मुस्कान ल्याएको छ। उनले बाढ़ी प्रभावित परिवारहरूलाई सहयोग गर्नका लागि अरुणोदय लाभार्थीहरूको निम्ति मानिसहरूले दिएको योगदानको पनि सराहना गरे।

मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा भने, गत 1 अगस्तको दिन 37 लाखभन्दा अधिक अरुणोदय लाभार्थीहरूको ब्याङ्क खातामा योजनाको राशि जमा गरियो। लाभार्थीहरूमध्ये बाढ़ी प्रभावित मानिसहरूलाई सहयोग गर्नको लागि अतरिक्त 1250 रुपियाँको योगदान दिइयो।

उनले भने, आफ्नो आवश्यकताको लागि पाएको राशिबाट सङ्कटग्रस्त परिवारहरूलाई सहयोग गर्नको लागि दिइएको योगदान केही बाढ़ी प्रभावित परिवारहरूको लागि सहारा बनेको छ।

डा. सरमाले बाढ़ी पीड़ित भाइ-बहिनीहरूप्रति देखाएको यस संवेदनशील एवं उदारताको लागि अरूणोदय योजनाका प्रत्येक लाभार्थी आमा अनि दिदी-बहिनीहरूप्रति आभार व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande