
आसनसोल, 09 अगस्त (हि.स.)। आरजी कर मेडिकल कलेज एवं अस्पतालको घटनामा मृतका डाक्टर ‘अभया’- को पुण्यतिथिमा आइतवार मन्त्री अग्निमित्रा पालले भावुक सनन्देश साझा गरी श्रद्धाञ्जली अर्पण गरिन्। उनले आफ्नो सोशल मिडिया फेसबुक अकाउन्टको माध्यमबाट डाक्टर, नर्स, अस्पतालकर्मी तथा अधिकारीहरू सहित सबैसित दुई मिनटको मौन धारण गरेर अभयालाई श्रद्धाञ्जली दिने अपील गरिन्।
मन्त्री अग्निमित्रा पालले आफ्नो सन्देशमा भनिन्, आज उनकी बहिनी डाक्टर अभयाको मृत्युको वर्षगाँठ हो। उनले अपील गरिन्, बिहान 11 बजेदेखि 11 बजेर 2 मिनटसम्म देशभरि नै जहाँ मानिसहरू बस्छन्, त्यहाँ दुई मिनटको मौन धारण गरेर अभयालाई स्मरण गरौं। उनले भनिन्, यो मौन श्रद्धाञ्जली मात्र होइन अभयाप्रति सम्मान र यो सङ्कल्प पनि हो कि भविष्यमा यस्ता कुनै पनि ‘अभया’ -सित यस्तो घटना नहोस्। उनले सरकारी तथा निजी अस्पतालका डाक्टरहरू, नर्स एवं अस्पतालसित जोड़िएका कर्मचारी अनि अधिकारीहरूसित पनि यस मौन कार्यक्रममा सामेल हुने आग्रह गरे।
अग्निमित्रा पालले आफ्नो सन्देशमा भनिन्, अभयालाई हामीले भुलेका छैनौं। उनलाई हामी सम्मान, श्रद्धा अनि प्रेम पूर्वक सम्झिरहनेछौं। दुई मिनटको यो मौन यस कुराको सन्देश हुनेछ कि “बहिनी अभया, हामीले तिमीलाई भुलेका छैनौं।”
स्मरण गराइन्छ, आरजी करकाण्डपछि ‘अभया’ नामले पहिचान दिइएकी महिला डाक्टरको स्मरणमा उनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिँदैछ। मन्त्रीको यस अपीललाई यसै क्रमममा महत्वपूर्ण मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा