
शिवसागर (असम), 09 अगस्त (हि.स.)। असम सरकारका मन्त्री बिमल बोराले आइतवार बाढ़ीले क्षतिग्रस्त नामदाङ्ग शिलापुलको निरीक्षण गरी स्थितिको जायजा लिए।
मन्त्री बिमल बोरा नामदाङ्गको जेरेङ्गा पथार औ रूपोहीपथारमा पुगे जहाँ बाढ़ीको पानी जमिएको छ। उनले विभागीय अधिकारीहरूसित घटनास्थलमा पुगेर जलजमाउको स्थितिको जायजा लिए अनि प्रभावित क्षेत्रबाट पानी निकाल्नको लागि गरिरहेको प्रयासको जानकारी गराए।
मन्त्रीले सम्बन्धित अधिकारीहरूलाई जलजमाउको समस्याको शीघ्र समाधान गर्नको लागि आवश्यक कदम उठाउने निर्देश समेत दिेए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा