होजाईमा एसएसबीले प्राथमिक स्कूलहरूमा आयोजना गऱ्यो चित्राङ्कन प्रतियोगिता
होजाईमा एसएसबीले प्राथमिक स्कूलहरूमा आयोजना गऱ्यो चित्राङ्कन प्रतियोगिता


होजाई (असम), 09 अगस्त (हि.स.)। गुवाहाटीको सोनापुरस्थित प्रथम वाहिनी सशस्त्र सीमा बल (एसएसबी)- का कमाण्डेन्ट सुनिल कौशिकको मार्गदर्शनमा होजाईमा बलको जी समवायद्वारा स्वाधीनताको अमृत महोत्सव एवं हर घर तिरङ्गा अभियान अन्तर्गत चित्राङ्कन प्रतियोगिताको आयोजन होजाईस्थित राजकीय प्राइमरी स्कूलमा गरियो। प्रतियोगिताको विषय 'देशभक्ति, राष्ट्रिय एकता एवं तिरङ्गा' राखिएको थियो।

प्रतियोगितामा विद्यालया 46 जना विद्यार्थीहरूले भाग लिएका थिए जसले आफ्नो चित्रको माध्यमबाट राष्ट्रप्रेम, तिरङ्गाको सम्मान एवं राष्ट्रिय एकताको आकर्षक एवं प्रेरणादायी चित्रण प्रस्तुत गरे। प्रतियोगितामा प्रथम, द्वितीय, एवं तृतीय स्थान पाउने विद्यार्थीहरूलाई मेडलले सम्मान गरियो।

प्रथम वाहिनी एसएसबी मुख्यालयद्वारा आइतवार बताइयो, कार्यक्रममा स्कूलका अध्यापकहरूसँगसँगै स्थानीय नागगरिक एवं सशस्त्र सीमा बलका कार्मीहरूले भाग लिए।

कार्यक्रममा विद्यार्थीहरूलाई राष्ट्रध्वजको सम्मान, देशभक्ति तथा नागरिक कर्तव्यप्रति जागरूक गरियो। यस आयोजनको मुख्य उद्देश्य बाल-बालिका तथा युवाहरूमा देशभक्तिको भावनालाई प्रोत्साहित गर्नु, राष्ट्रिय एकतालाई सुदृढ़ बनाउनु तथा हर घर तिरङ्गा अभियानप्रति जन-जागरूकता बढ़ाउनु थियो।

विद्यार्थी एवं विद्यालय प्रशासनले यस पहलको सराहना गर्दै भविष्यमा पनि यस्ता राष्ट्रिय हितसित सम्बन्धित कार्यक्रमहरूको आयोजना गर्ने आशा व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande