
नयाँ दिल्ली, 09 अगस्त (हि.स.)। दिल्ली भाजपाका पूर्व अध्यक्ष एवं गुजरातका पूर्व राज्यपाल प्रो. ओमप्रकाश कोहलीको 92औं जयन्तीको अवसरमा दिल्ली भाजपा कार्यालयमा पार्टी नेता अनि दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले उनलाई पुष्पाञ्जली अर्पण गरे।
प्रदेश भाजपा उपाध्यक्ष सुनिल यादवको अध्यक्षतामा आयोजित पुष्पाञ्जलि कार्यक्रममा सांसद योगेन्द्र चाँदोलियाले प्रथम पुष्पाञ्जली अर्पण गरी त्यहाँ उपस्थित मानिसहरूमाझ प्रो. ओमप्रकाश कोहलीसित जोड़िएको कार्य संस्मरण राखे। योगेन्द्र चाँदोलियासित पूर्व प्रदेशाध्यक्ष मनोज तिवारी, आदेश गुप्ता एवं वीरेन्द्र सचदेवा, प्रदेश पदाधिकारीहरू क्रमैले राजेश भाटिया, सुनिल यादव, योगिता सिंह, प्रवीण शङ्कर कपूर, विनोद बछेती, रञ्जीत कश्यपले पनि पुष्पाञ्जली अर्पण गरे।
दिल्ली विधानसभा आध्यक्ष विजेन्द्र गुप्ताले विशेष रूपमा कार्यक्रममा सम्मिलित भएर प्रो. ओमप्रकाश कोहलीको चित्रमा पुष्पाञ्जली अर्पण गरे। उनले भने, प्रो. कोहलीले विद्यार्थी कालदेखि नै ममाथि अमेट छाप छोड़ेका छन् जुन आज मेरो प्रेरणा पनि भएको छ।
सांसद योगेन्द्र चाँदोलियाले पुष्पाञ्जली गरेपछि उपस्थित महानुभवहरूलाई सम्बोधन गर्दै भने, हामीले आज दिल्ली भाजपाका पूर्व अध्यक्ष कोहलीको जन्म जयन्ती मनाइरहेका छौं। कोहलीजी सङ्गठनका पर्याय थिए, उनको सबैभन्दा ठूलो शक्ति भनेकै बूथ स्तरसम्म कार्यकर्ताहरूलाई जोड़्नु र हरेक कार्यकर्तालाई सम्मान दिनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा