नगाउँ उपचुनाउमा फेरि कङ्ग्रेसले एआईयूडीएफसित माग्यो समर्थन
नगाउँ उपचुनाउमा फेरि कङ्ग्रेसले एआईयूडीएफसित माग्यो समर्थन


गुवाहाटी, 09 अगस्त (हि.स.)। नगाउँ उपचुनाउलाई लिएर कङ्ग्रेसले फेरि एकपटक एआईयूडीएफ प्रमुख बदरुद्दीन अजमलसित समर्थन गर्ने अपील गरेको छ। कङ्ग्रेस नेता रिपुन बोराले भने, अजमलको सहयोग बिना कङ्ग्रेसको लागि नगाउँ उपचुनाउ जित्नु सम्भव हुने छैन।

रिपुन बोराले एआईयूडीएफसित उपचुनाउमा आफ्नो उम्मेद्वार नदिने तथा कङ्ग्रेसलाई पूर्ण शक्ति लगाएर समर्थन गर्ने अपील गरे। उनले भने, एआईयूडीएफले कङ्ग्रेसको जीतको लागि हरसम्भव सहयोग गर्नुपर्छ।

बोराको यस बयानबाट नगाउँ उपचुनाउपूर्व कङ्ग्रेस र एआईयूडीएफबीच सम्भावित राजनीतिक सहयोगलाई लिएर चर्चा चुलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande