
नयाँ दिल्ली, 09 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा), दिल्ली प्रदेशले नियन्त्रक एवं महालेखा परीक्षक (क्याग)-को हालैको रिपोर्टको आधारमा पूर्व केजरीवाल सरकारमाथि जीएसटी र बिजुली सब्सिडी वितरणमा भएको व्यापक वित्तीय अनियमितताहरूलाई लिएर गम्भीर आरोप लगाएको छ।
भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता एवं दिल्ली सरकारमा मन्त्री प्रवेश वर्माले यहाँ आयोजित सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै आम आदमी पार्टी (आआप)-माथि आरोप लगाए, हामी सबैलाई थाहा भएको कुरा हो कि केजरीवाल सरकारमा कामहरूको लेखाजोखा हुँदैनथ्यो। हाम्रो सरकार आएको डेढ़ वर्षभित्रमै 24 वटा रिपोर्ट आइसकेको छ। हरेक रिपोर्टमा सयकड़ौं-हजारौं करोड़ रुपियाँको भ्रष्टाचार भएको हामी सामु आएको छ। दुई दिनअघि आएको रिपोर्टमा 3,500 करोड़ रुपियाँको अनियमितता पाइयो।
क्यागको रिपोर्ट मुताविक जीएसटी रजिस्ट्रेशन रद्द भएको तथा ट्याक्स फाइल नगरेको पनि अरबौं रुपियाँको ई-वे बिल जेनरेट गरियो जसबाट राज्यको राजस्वलाई भारी नोक्सान भएको छ। उनले बताए, विधानसभाको मनसुन सत्रमा 24औं क्याग रिपोर्टलाई पेश गरियो। क्याग रिपोर्ट केजरीवाल सरकारको भ्रष्टाचारको रिटन डक्यूमेन्ट हो। हरेक वित्तीय वर्षमा केजरीवाल सरकारले के-के भ्रष्टाचार गर्छ, सबैको बारेमा क्याग रिपोर्टको डक्यूमेन्ट हामी समक्ष आउँछ।
केजरीवाल सरकारले यस्ता 8,334 ट्याक्सपेयर्स जसको जीएसटी रजिस्ट्रेशनलाई पहिला नै रद्द गरिदिएको थियो,-ले लगातार ई-वे बिल जेनरेट गर्छ। यसको माध्यमबाट 68,680 करोड़ रुपियाँको ई-वे बिल बनाइयो। यस्ता 4,076 मानिसहरू जसले कहिले ट्याक्स फाइल नै गरेनन,-ले पनि 11,635 करोड़ रुपियाँको ई-वे बिल जेनरेट गरे। मोठ जेनरेट भएको 6.10 करोड़ ई-वे बिलमध्ये केवल 0.10 प्रतिशत मामिलाको जाँच गरियो। सरकारको पक्षबाट मात्र 70 वटा मामिलाहरूमा कारबाही गरियो जसमा 3,071 करोड़ रुपियाँको राजस्वमा हेरफेर भएको खुलासा भएको छ। बिजुली सब्सिडी योजना अन्तर्गत 50 हजार यस्ता उपभोक्ताहरूलाई 17.81 करोड़ रुपियाँको सब्सिडी जारी गरियो जसको लगातार 12 महिनासम्म बिजुली खपत शून्य थियो।
रिपोर्टको आधारमा आरोप लगाइएको छ। जीएसटी विभाग, सम्बन्धित मन्त्री तथा सरकारलाई यस सम्पूर्ण धाँधली एवं ट्याक्स चोरीको बारेमा जानकारी थियो। तथापि कुनै कड़ा कदम उठाइएन। उनले बताए, कारबाही नगर्नुको मुख्य कारम करदाताहरूलाई डर-धम्की देकाएर अवैध असुली तथा घूसखोरहरूको नेटवर्क सञ्चालन गर्नु थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा