
गुवाहाटी, 09 अगस्त (हि.स.)। असममा बाढ़ी प्रभावित मानिसहरूलाई चिकित्सा सुविधा उपलब्ध गराउने उद्देश्यले ईएसआईसी मेडिकल कलेज एवं अस्पतालको पक्षबाट तीन वटा बाढ़ी प्रभावित जिल्लाहरूमा सप्ताहव्यापी स्वास्थ्य जाँच शिविर आयोजना गरिँदैछ।
अस्पतालद्वारा शिवसागर, चराइदेव औ जोरहाट जिल्लामा स्वास्थ्य जाँच शिविर राखिने जसमा चिकित्सकीय दलले बाढ़ी प्रभावित मानिसहरूको स्वास्थ्य जाँच गर्नको साथै आवश्यक चिकित्सा सल्लाह तथा सहायता उपलब्ध गराउनेछ।
शिविरहरूको माध्यमबाट बाढ़ी पश्चात प्रभावित क्षेत्रहरूमा मानिसहरूलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउनेमाथि विशेष बल दिइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा