
नगाउँ (असम), 09 अगस्त (हि.स.)। असममा नगाउँ जिल्लाको जुरिया थाना अन्तर्गत महगुड़ीस्थित दिघलियाटी गाउँमा एकजना बुजुर्ग महिलाको पानी भरिएको कोठाभित्र लड़ेर मृत्यु भयो। घटनालाई भूमि विवादसित जोड़ेर हेरिँदैछ। मृतकाको पहिचान 60 वर्षभन्दा अधिक उमेर पुगेकी साहुरा खातूनको रूपमा भएको छ।
स्थानीय मानिसहरूले लगाएको आरोप अनुसार भूमि विवादको कारणले अमिनुल इस्लाम र हनुफा खातूनले कथित रूपमा एउटा परिवारको घरको चारैतिर पक्का पर्खाल बनाइदिएका थिए। चारैतिर पर्खाल लगाएको कारणले बर्खाको पानी बगेर जान सकेन जसले गर्दा घर वरिपरी तथा घरभित्र पानी जमियो। यसै जमिएको पानीमा कथित रूपमा लड़ेर साहुरा खातूनको मृत्यु भयो। तथापि उनको मृत्युको वास्तविक परिस्थिति अहिले स्पष्ट भएको छैन।
घटनाको सूचना पाएर जुरिया पुलिस घटनास्थलमा पुग्यो अनि मामिलाको जाँच गर्न शुरू गऱ्यो। पुलिसले भूमि विवादसँगसँगै घरभित्र जमिएको पानीमा लड़ेर महिलाको मृत्यु भएको परिस्थितिको जाँच गरिरहेको छ।
घटनापछि दिघलियाटी गाउँमा चिन्ता व्याप्त भएको छ। पुलिसको अनुसन्धान पूरा भएपछि मात्र घटनासित सम्बन्धित अन्य तथ्यहरू स्पष्ट हुने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा