गुवाहाटीमा कृत्रिम बाढ़ीलाई रोक्नको लागि वैज्ञानि समाधानमाथि सेमिनार
गुवाहाटीमा कृत्रिम बाढ़ीलाई रोक्नको लागि वैज्ञानि समाधानमाथि सेमिनार


गुवाहाटी, 09 अगस्त (हि.स.)। एसोसिएशन अफ प्रोफेशनल ग्रेजुएट सिभिल इञ्जीनियर्सको तत्वावधानमा ‘गुवाहाटीको कृत्रिम बाढ़ीको समस्याको इञ्जीनियरिङ्ग समाधान’ विषयमाथि एक सेमिनार आयोजना गरियो। सेमिनारमा गुवाहाटीमा बारम्बार हुने जलभराउ एवं कृत्रिम बाढ़ीको समस्याको तकनिकी समाधानमाथि चर्चा गरियो।

कार्यक्रममा आईआईटी गुवाहाटीका प्रोफेसर अरूप कुमार शर्मा औ बराक भ्याली इञ्जीनियरिङ्ग कलेजका प्रोफेसर दिगङ्त गोस्वामी विशिष्ट विशेषज्ञको रूपमा उपस्थित थिए। उनीहरूले शहरको जल निकासी व्यवस्थालाई श्रेष्ठ बनाउने तथा कृत्रिम बाढ़ीको स्थायी समाधानको लागि विभिन्न इञ्जीनियरिङ्ग उपायहरूमाथि आफ्नो विचार राखे।

यस अवसरमा वरिष्ठ परामर्शदाता अभियन्ता जेएन खाटनियार, वरिष्ठ अभियन्ता केशव चन्द्र सैकिया तथा जल निकासी एवं सीभरेज विशेषज्ञ अभियन्ता प्रशान्त कुमार गोगोई पनि उपस्थित थिए।

सेमिनारमा गुवाहाटीको ड्रेनेज औ सीभरेज व्यवस्थालाई बलियो बनाउन अनि वैज्ञानिक एवं दिगो इञ्जीनियरिङ्ग उपायहरूको माध्यमबाट कृत्रिम बाढ़ीको समस्या समाधान गर्नेमाथि विशेष बल दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande