माथिल्लो असममा बाढ़ीले पुऱ्याएको क्षय-क्षतिको सर्वेक्षण आरम्भ
माथिल्लो असममा बाढ़ीले पुऱ्याएको क्षय-क्षतिको सर्वेक्षण आरम्भ


शिवसागर (असम), 09 अगस्त (हि.स.)। माथिल्लो असमका बाढ़ी प्रभावित जिल्लाहरूमा आइतवारदेखि बाढ़ीले पुऱ्याएको नोक्सानको घर-घरमा गएर सर्वेक्षण शुरू गरिएको छ। शिवसागरको आमगुड़ीमा पुगेका मन्त्री केशव महन्तले बाढ़ी प्रभावित मानिसहरूको नोक्सानको मूल्याङ्कन गरे।

मन्त्री महन्तले आमगुड़ी बगानको प्रत्येक गरमा पुगेर सर्वेक्षण प्रक्रियाको निरीक्षण गरे। प्रशिक्षित शिक्षकहरूले डिजिटल एपको माध्यमबाट बाढ़ीले पुऱ्याएको क्षय-क्षतिको जानकारी दर्ता गराइरहेका छन्। आगामी 15 दिनभित्रमा सही तथा विस्तृत सर्वेक्षण पूरा गर्नु सरकारको लक्ष्य रहेको छ।

सर्वेक्षण पूरा भएपछि दर्ता गरिएको आँकड़ाको जाँच तथा सत्यापन गरिनेछ। यसैको आधारमा पात्र बाढ़ी प्रभावित परिवारहरूलाई पुनर्वास एवं क्षतिपूर्तिको लागि सरकारी सहायता प्रदान गरिनेछ। सरकारको योजना अनुसार बाढ़ी प्रभावित मानिसहरूलाई आगामी 15 सेप्टेम्बरभित्रमा क्षतिपूर्ति उपलब्ध गराइसक्ने लक्ष्य राकिएको छ।

बाढ़ी प्रभावित परिवारहरूले सर्वेक्षणमा आफ्नो पहिचान, निवास तथा बाढ़ीबाट भएको नोक्सानसित सम्बन्धित आवश्यक दस्तावेज अनि जानकारी उपलब्ध गराउनुपर्छ। सर्वेक्षण टीमले परिवार, घर, सम्पत्ति औ बाढ़ीले पुऱ्याएको नोक्सानसित सम्बन्धित विवरण दर्ता गर्नेछ।

डिजिटल एपको माध्यमबाट एकत्रित जानकारी पश्चात सत्यापन गरिनेछ। सत्यापनको आधारमा पात्र लाभार्थीहरूलाई सरकारद्वारा सहायता अनि क्षतिपूर्ति प्रदान गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande