
पाकिम, 09 अगस्त (हि.स.)। आगामी ९औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको मिडिया व्यवस्थापन र जिम्मेवारीको समीक्षा गर्न आज पाकिममा समन्वय बैठक सम्पन्न भयो। उक्त कार्यक्रम आगामी १० अगस्तमा रम्फूमा आयोजना हुँदैछ।
बैठकमा सूचना तथा जनसम्पर्क विभागका ओएसडी पेमा छुल्टिम भोटिया तथा पाकिमकी जिल्ला सूचना अधिकारी डीकी डी. भोटियाको उपस्थिति रहेको थियो।
बैठकमा आईपीआरडी टोलीबीच समन्वय, कार्यक्रमको मिडिया कभरेज, दस्तावेजीकरण तथा विभिन्न जिम्मेवारीको बाँडफाँडलगायत विषयमा छलफल गरियो।
सो अवसरमा विभागका ओएसडी पेमा छुल्टिम भोटियाले समाजसेवी प्रभाकर गोलेले प्रायोजन गरेको डीजीआई माइक मिनी जिल्ला सूचना अधिकारी भोटियालाई हस्तान्तरण गरे। उक्त उपकरणले सरकारी गतिविधिसँग सम्बन्धित सूचना तथा सामग्रीहरू रेकर्ड गरी प्रभावकारी रूपमा प्रसारण तथा सम्प्रेषण गर्न विभागलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बैठकमा रम्फूमा आयोजना हुने ९औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको मिडिया कभरेजका लागि आवश्यक अन्तिम तयारी तथा समन्वयबारे पनि समीक्षा गरिएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल