स्वाधीनता दिवसपूर्व लगभग 35 वर्षदेखिकै राष्ट्रिय झण्डा बनाउँदै आएका छन् कलगछियाका पियार अलीले
स्वाधीनता दिवसपूर्व लगभग 35 वर्षदेखिकै राष्ट्रिय झण्डा बनाउँदै आएका छन् कलगछियाका पियार अलीले


बरपेटा (असम), 09 अगस्त (हि.स.)। बरपेटा जिल्लान्तर्गत कलगछियाका पेशाले दर्जी पियार अलीले आफ्नो जीवनको लगभग 35 वर्षदेखिकै राष्ट्रिय झण्डा बनाउँदै आिरहेका छन्। यसपालि पनि अली 80औं स्वाधीनता दिवस मनाउनको लागि राष्ट्रिय झण्डा बनाउने कार्यमा जुटेका छन्।

कलगछिया बजारमा दर्ज़ीको काम गरी जीवन यापन गर्दै आएका पियार अलीलाई राष्ट्रिय झण्डा धेरै मनपर्छ। त्यसैले उनले प्रत्येक वर्ष गणतन्त्र दिवस औ स्वतन्त्रता दिवसपूर्व उनले आफ्नै हातले राष्ट्रिय झण्डा बनाएर मानिसहरूलाई उपलब्ध गराउँछन्। पियर अलीले जीवनको शुरूआती अवस्थामा दर्जीको काम सिकेदेखि नै यो काम शुरू गरेका थिए। पहिला उनले दुई-चार वटा झण्डा बनाएर स्वतन्त्रता दिवसको दिन मानिसहरूको हातमा पुऱ्याएका थिए। त्यसपछि 26 जनवरी र 15 अगस्त आउनसाथ पीयर अलीमा देशभक्ति जागृत हुन्छ र उनलाई राष्ट्रिय झण्डा सिलाउन मन लाग्छ।

वृहत्तर कलगछियासँगसँगै बरपेटा, मन्दिया, बरभिटा, मयनबारी, जयपुर, ताराकान्दी, बाघबर, ग्वालपारा औ बङ्गाई गाउँ जिल्लामा समेत पियार अलीद्वारा बनाइएको राष्ट्रिय झण्डा उपलब्ध हुन्छ। वर्तमानमा पियर अलीको यस कार्यको मानिसहरूले ठूलो प्रशंसा गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande