राहगिरी दिवसमा सड़क सुरक्षा, स्वच्छता एवं फोहोर पृथक्करणको सन्देश दिइयो
राहगिरी दिवसमा सड़क सुरक्षा, स्वच्छता एवं फोहोर पृथक्करणको सन्देश दिइयो


नयाँ दिल्ली, 09 अगस्त (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)-ले आइतवार डीएलएफ मिडटाउन प्लाजा शिवाजी महाराज मार्ग करमपुरा औद्योगिक क्षेत्र मोती नगरमा राहगिरी दिवस आयोजना गऱ्यो। यस कार्यक्रमको मुख्य उद्देश्य नागरिकहरूमा सड़क सुरक्षा, स्वच्छता औ फोहोर पृथक्करणप्रति जागरूकता बढ़ाउनु हो।

सेन्ट्रल जोन (करोल बाग)- का उपायुक्त दिलखुश मीणाको नेतृत्वमा राहगीरी फाउण्डेशन औ वायु गुणस्तर प्रबन्धन आयोगको सहयोगमा आयोजित कार्यक्रममा 300 भन्दा अधिक नागरिकरहरू जसमा लगभग 100–150 स्कूले विद्यार्थीहरू सामेल थिए,- ले उत्साहपूर्वक भाग लिए। विद्यर्थी अनि नागरिकहरूका लागि साइकिलिङ्ग, फिटनेस गतिविधि, इन्टऱ्याक्टिभ गेम्स औ जागरूकता कार्यक्रम सहित विभिन्न गतिविधिहरू आयोजना गरियो।

कार्यक्रममा सड़क सुरक्षा, स्वच्छता, फोहोर पृथक्करण औ जिम्मेवार फोहोर प्रबन्धनको सम्बन्धमा जागरूकता उत्पन्न गर्नेमाथि विशेष बल दिइयो। स्वच्छ भारत मिशन अन्तर्गत नागरिकहरूको श्रोत स्तरमा फोहोर पृथक्करण गर्ने तथा सार्वजनिक स्थानहरूलाई स्वच्छ राख्नको लागि प्रेरित गरियो।

एमसीडीले कार्यक्रममा “हतारमा मैला नफालौं, मैलालाई भिन्न-भिन्न छुट्याऔं”-को सन्देशमाथि विशेष बल दिइयो। नागरिकहरूलाई मैला-कुचैलाको उचित पृथक्करण गर्न अनि यसलाई आफ्नो दैनिक आदतको अङ्ग बनाउने अपील गरियो।

आयोजनमा शहरलाई स्वच्छ एवं सुरक्षित राख्नमा नगारिकहरूको सक्रिय सहभगिताको महत्वमाथि बल दिइयो। कार्यक्रमको माध्यमबाट विशेष रूपमा युवा अनि विद्यार्थीहरूलाई स्वच्छ सड़क, स्वच्छ हावा औ स्वच्छ एवं स्वस्थ दिल्लीको निर्माणमा योगदान दिनका लागि प्रेरित गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande