बाढ़ीग्रस्त चार वटा जिल्लाहरूमा सांसद निधिबाट धनराशि आवन्टित
बाढ़ीग्रस्त चार वटा जिल्लाहरूमा सांसद निधिबाट धनराशि आवन्टित


गुवाहाटी, 09 अगस्त (हि.स.)। असमका चार वटा जिल्लाका बाढ़ी प्रभावित क्षेत्रहरूमा आधरभूत ढाँचाको विकासको लागि सांसद निधिबाट धनराशि आवन्टन गरिएको छ।

केन्द्रिय राज्य मन्त्री पबित्र मार्घेरिटाले बाढ़ी प्रभावित क्षेत्रहरूको लागि आफ्नो सांसद निधिबाट एक करोड़ रुपियाँ दिने घोषणा गरेकी छन् भने सांसद वीरेन वैश्यले 50 लाख रुपियाँको धनराशि आवन्टन गरेका छन्। यस अतिरिक्त सांसद प्रदान बरुवा र फणिभूषण चौधरीले पनि बाढ़ी प्रभावित क्षे6हरूको लागि 25-25 लाख रुपियाँको धनराशि उपलब्ध गराएका छन्। यी निधिहरूको उपयोग बाढ़ी प्रभावित क्षेत्रहरूमा बुनियादी ढाँचाको विकास अनि आवश्यक सुधार कार्यको लागि गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande