
इम्फाल, 09 अगस्त (हि.स.)। मणिपुरमा सुरक्षा बल र पुलिसले छुट्टा- छुट्टै कारबाहीमा प्रतिबन्धित उग्रवादी सङ्गठनहरूसँग सम्बन्धित पाँच जना सक्रिय क्याडरहरूलाई पक्राउ गरेको छ। पक्रा परेका अभियुक्तहरू अन्य गतिविधिहरूका साथै सङ्गठनका लागि कार्यकर्ताहरूको भर्ती र फिरौतीमा संलग्न रहेको आरोप लगाइएको छ।
मोरेङ पुलिस थाना क्षेत्र अन्तर्गत नाङ्खलावी क्षेत्रमा छापा मारेपछि फिरौतीको आरोपमा बिष्णुपुरका सिडीओले दुई जना केसीपी (नोङ्द्रेन्खोम्बा) कार्यकर्तालाई पक्राउ गरेको मणिपुर पुलिसले आइतवार जानकारी गराएको छ। उनीहरू थाङ्गा नगरम निवासी अखोम प्रेमकुमार सिंह उर्फ मुबी (55) र हाल नाङखलवाई मानिङ लेइकाईमा बस्दै आएका छन् भने इम्फाल पश्चिम जिल्लाको लाङ्गोल निङथौ लेइकाई निवासी निङथौजम जितेन सिंह (46) को रूपमा पहिचान गरिएको छ।
शनिवार मणिपुर पुलिसले बिष्णुपुर जिल्लाको मोरेङ पुलिस थाना क्षेत्र अन्तर्गत वार्ड नम्बर-5 को थमनापोकपी माखा लेइकाई निवासी केवाईकेएल क्याडर ख्वैरकपम रोजित सिंह उर्फ चिङसाङ्लकपा (21) लाई पक्राउ गरेको छ। पुलिस अनुसार, उ प्रतिबन्धित सङ्गठनका लागि कार्यकर्ता भर्तीमा संलग्न थियो। केवाईकेएलको सक्रिय क्याडर नोरेम प्रियोकुमार सिंह उर्फ नाओबा (37), जिल्लाको नाम्बोल पुलिस थाना क्षेत्र अन्तर्गत नोरेम मायाई लेइकाई निवासीलाई पनि सुरक्षा बलले पक्राउ गरेको छ। उ सट्टामा सक्रिय रूपमा संलग्न रहेको आरोप लगाइएको छ।
केसीपी (अम्पा) को सक्रिय क्याडर कोनसम बोबोय सिंह उर्फ ब्वाई (39) लाई शनिवार लामसाङ पुलिस थाना क्षेत्रअन्तर्गत लामडेङ खुनौ क्षेत्रमा गरिएको खोजी अभियानको क्रममा सुरक्षा बलले पक्राउ गरेको थियो। उ इम्फाल पश्चिम जिल्लाको लारेन्साजिक मायाई लेइकाईको बासिन्दा हो।
यसअघि सुरक्षा बलले क्वाकेतेल मायाकोइबी क्षेत्रमा खोजी अभियानको क्रममा सक्रिय आरपीएफ/पीएलए क्याडर खङ्गेम्बम सुभाष सिंह उर्फ थानिल (54) लाई पक्राउ गरेको थियो। उ बिष्णुपुर जिल्लाको इरेंबम माखा लेइकाईको बासिन्दा हो र उमाथि सट्टामा संलग्न भएको आरोप लगाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी